श्री कृष्ण रिजाल
श्री कृष्ण रिजाल
शनिबार, माघ २४, २०८२

नेपाल शिक्षक संगठन गठन, धादिङका शंकर अधिकारी संयोजक चयन

नेपाल शिक्षक संगठन गठन, धादिङका शंकर अधिकारी संयोजक चयन

काठमाण्डौ । शिक्षा क्षेत्रमा क्रियाशील विभिन्न शिक्षक संगठनहरूबीच एकता कायम गर्ने उद्देश्यसहित आयोजित एकता सम्मेलन तथा नेपाल शिक्षक संगठन घोषणा कार्यक्रम शनिबार काठमाण्डौमा सम्पन्न भएको छ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठन (विद्रोही) बीच सम्पन्न सम्मेलनबाट नेपाल शिक्षक संगठन गठन गरिएको घोषणा गरिएको हो। उक्त सम्मेलनबाट शंकर अधिकारी सर्वसम्मत रूपमा संयोजक चयन हुनुभएको छ।

संयोजक शंकर अधिकारी शिक्षा क्षेत्रमा लामो समयदेखि क्रियाशील एक अनुभवी शिक्षक नेता हुनुहुन्छ। उहाँ यसअघि एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्षका रूपमा जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो। शिक्षा ऐन प्राप्ति, ट्रेड युनियन अधिकारको रक्षा, तथा शिक्षक–कर्मचारीको हकहितका पक्षमा उहाँको नेतृत्व उल्लेखनीय मानिन्छ।

शिक्षक आन्दोलनका विभिन्न चरणमा सक्रिय भूमिका निर्वाह गरेका अधिकारीले प्रविधियुक्त, गुणस्तरीय र समावेशी शिक्षाको पक्षमा निरन्तर आवाज उठाउँदै आउनुभएको छ। संगठनात्मक एकता, शिक्षक कर्मचारीबीच आपसी विश्वास र सामूहिक संघर्षलाई उहाँले सदैव प्राथमिकता दिँदै आउनुभएको बताइन्छ।

कार्यक्रममा “सम्पूर्ण शिक्षक/कर्मचारीहरू एकजुट हौँ” भन्ने मूल नारासहित शिक्षा ऐनको कार्यान्वयन, समाजवादी शिक्षा प्रणाली र शिक्षक–कर्मचारी एकतामार्फत शैक्षिक रुपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

माघ २४ गते शनिबार विहान ११ बजे काठमाण्डौको बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा सम्पन्न कार्यक्रममा देशभरका शिक्षक–कर्मचारी प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस्

0.0%
0.0%
0.0%
0.0%
0.0%

प्रतिक्रिया