ज्वालामुखीमा नेकपा गाउँपालिका स्तरीय पार्टी कमिटीको बैठक सुरु
धादिङ क्षेत्र नम्बर २ अन्तर्गत ज्वालामुखी गाउँपालिकामा आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गाउँपालिका स्तरीय पार्टी कमिटीको बैठक हुँदैछ। बैठकमा धादिङ क्षेत्र नम्बर २ बाट नेकपाका तर्फबाट उम्मेदवार रहेका रामबहादुर भण्डारी तथा समानुपातिक उम्मेदवार इन्दिरा ढुंगाना लगायतका नेताहरूको उपस्थिति रहेको छ।
बैठकअघि रामबहादुर भण्डारीले प्रेस सेन्टर धादिङद्वारा स्थापना गरिएको CPN Media Center को उद्घाटन गर्दै सञ्चार क्षेत्रको भूमिकाप्रति शुभकामना व्यक्त गर्नुभएको थियो। उहाँले सत्य, तथ्य र जनमुखी पत्रकारिताको विकासमा CPN Media Center ले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
यसअघि बिहान भण्डारीले धादिङ बेस क्षेत्रमा रहेका मतदाता तथा समाजसेवी व्यक्तित्वहरूसँग भलाकुसारी गर्दै स्थानीय समस्या, विकास र राजनीतिक अवस्थाबारे छलफल गर्नुभएको थियो।
आज हुने बैठकले पार्टी संगठन सुदृढीकरण, आगामी राजनीतिक कार्यदिशा, निर्वाचन र जनसम्पर्कलाई अझ प्रभावकारी बनाउने विषयमा महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।