श्री कृष्ण रिजाल
श्री कृष्ण रिजाल
बिहीबार, माघ १५, २०८२

नेकपा धादिङ क्षेत्र–२ का उम्मेदवार रामबहादुर भण्डारी दिनभर मतदाता भेटघाट अभियानमा तीव्र

नेकपा धादिङ क्षेत्र–२ का उम्मेदवार रामबहादुर भण्डारी दिनभर मतदाता भेटघाट अभियानमा तीव्र

धादिङ, माघ १५

आगामी निर्वाचनको तयारीलाई तीव्र बनाउँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) धादिङ क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा उम्मेदवार रामबहादुर भण्डारीले आज दिनभर त्रिपुरासुन्दरी गाउँपालिका र गंगाजमुना गाउँपालिका सहित विभिन्न स्थानमा मतदाता भेटघाट तथा चुनावी कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउनु भएको छ।

उहाँले आज बिहान ७ बजे त्रिपुरासुन्दरी गाउँपालिका–स्थित सल्यानटार पार्टी कार्यकर्ता, समर्थक तथा स्थानीय मतदाताहरूसँग प्रत्यक्ष भेटघाट गर्दै आगामी निर्वाचनमा नेकपालाई सहयोग र मतदान गर्न आग्रह गर्नुभयो।

त्यसैगरी बिहान साढे ९ बजे त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर–६ गोलाङ पुगेर स्वर्गीय बिजुली सुनारको परिवारसँग भेटघाट गर्नुभएको हो। उक्त अवसरमा उम्मेदवार भण्डारीले स्वर्गीय सुनारप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभयो।

यसपछि साढे ११ बजे त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर–५ कठेरीस्थित त्रिपुरासुन्दरी माध्यमिक विद्यालयको ५० औँ वार्षिकोत्सव तथा स्वर्ण महोत्सव कार्यक्रममा विशेष अतिथिका रूपमा आसन ग्रहण गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभयो। कार्यक्रम पश्चात उहाँले कठेरी आसपासका स्थानीय जनता तथा मतदाताहरूसँग भेटघाट गर्दै निर्वाचनमा सहयोग र समर्थनका लागि अनुरोध गर्नुभएको थियो।

दिउँसो साढे १ बजे उम्मेदवार भण्डारी गङ्गाजमुना गाउँपालिकामा सम्पन्न नेकपा गङ्गाजमुना गाउँपालिका कमिटीको निर्वाचन तयारी बैठकमा सहभागी हुनुभयो। उक्त बैठकमा उहाँले पार्टी कार्यकर्ताहरूलाई निर्वाचन परिचालनमा सक्रिय भूमिका खेल्न आग्रह गर्दै आसपासका जनता, मतदाता तथा कार्यकर्ताहरूसँग व्यापक भेटघाट गर्नुभएको थियो।

दिनभरको व्यस्त कार्यक्रम सम्पन्न गरी उम्मेदवार भण्डारी साँझ साढे ७ बजे धादिङबेसी आइपुग्नु भएको छ। निरन्तर जनसम्पर्क र संगठन विस्तारका गतिविधिले नेकपाले धादिङ क्षेत्र नम्बर–२ मा निर्वाचन तयारीलाई थप सशक्त बनाएको संकेत दिएको छ । 

आफ्नो प्रतिक्रिया दिनुहोस्

0.0%
0.0%
0.0%
0.0%
0.0%

प्रतिक्रिया