३०१ सदस्यीय निर्वाचन सञ्चालन कमिटी गठन गर्दै नेकपा गङ्गाजमुना गाउँपालिका कमिटी बैठक सम्पन्न .
धादिङ, माघ १५ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) धादिङ क्षेत्र नम्बर–२ अन्तर्गत गङ्गाजामुना गाउँपालिका कमिटीको बैठक २०८२ साल माघ १५ गते रामेश्वर सिमखडाको अध्यक्षतामा सम्पन्न भएको छ।
बैठकमा नेकपाका केन्द्रीय सदस्य तथा धादिङ जिल्ला इन्चार्ज पुष्पविक्रम मल्ल र केन्द्रीय सदस्य एवं धादिङ क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा उम्मेदवार रामबहादुर भण्डारी सहित पार्टीका नेताहरुको उपस्थिति रहेको थियो ।
बैठकले आगामी निर्वाचनको तयारीका लागि पालिका स्तरीय ३०१ सदस्यीय मूल निर्वाचन सञ्चालन कमिटी गठन गरेको छ। पालिका समितिको संयोजकमा नारायण कार्की र सह–संयोजकमा नमराज अधिकारी रहेका छन्।
बैठकले वडा निर्वाचन परिचालन, युवा जेन्जी, जनपरिचालन, घरदैलो कार्यक्रम, आर्थिक व्यवस्था लगायत समितिहरू पनि गठन गरेको छ।

यसका साथै प्रचार–प्रसार, सम्पर्क मञ्च, प्रशासन व्यवस्थापन लगायतका अन्य समितिहरू गठन गरी सबै जिम्मेवारी विस्तृत रूपमा बाँडिएको छ।
अध्यक्ष रामेश्वर सिमखडाले सबै निर्णयहरू प्रस्तुत गर्दै बैठक समापन गरेका थिए। यसबाट पार्टीले आगामी चुनावमा कडा संगठनात्मक तयारी गर्ने संकेत दिएको छ।