श्री कृष्ण रिजाल
श्री कृष्ण रिजाल
आइतबार, माघ ४, २०८२

धादिङ क्षेत्र नं. २ : ‘जिउँदो सहिद’ राम बहादुर भण्डारीलाई नेकपाबाट उम्मेदवारी टिकट

धादिङ क्षेत्र नं. २ : ‘जिउँदो सहिद’ राम बहादुर भण्डारीलाई नेकपाबाट उम्मेदवारी टिकट

धादिङ । नेपाली कम्युनिष्ट पार्टीले धादिङ क्षेत्र नं. २ बाट **‘जिउँदो सहिद’**का रूपमा परिचित **राम बहादुर भण्डारी**लाई उम्मेदवारी टिकट प्रदान गरेको छ। भण्डारीको जीवन स्वयं नेपाली क्रान्तिको जीवित इतिहास बनेको छ।

जनयुद्धका क्रममा उनका **दुई छोरा सहिद** भए। परिवारले सन्तानको बलिदान दिँदा पनि उनी क्रान्तिको बाटोबाट विचलित भएनन्। आन्दोलनकै क्रममा भण्डारीमाथि राज्य पक्षबाट चरम दमन भयो। सेनाले उनलाई **मृत ठानी फालिएको** अवस्थासम्म पुर्‍यायो, तर उनलाई कार्यकर्ता र जनताले उद्धार गरेर उपचार गरी  जीवित रहे। यही कारण उनी आज जनस्तरमा ‘जिउँदो सहिद’ भनेर सम्मानपूर्वक चिनिन्छन्।

अकल्पनीय पीडा, शारीरिक चोट र पारिवारिक क्षतिका बाबजुद पनि भण्डारीले कम्युनिष्ट आन्दोलन, पार्टी संगठन र जनताको पक्षमा आफ्नो प्रतिबद्धता कहिल्यै त्यागेनन्। त्याग, बलिदान र निष्ठाको प्रतिमूर्ति बनेका भण्डारीलाई पार्टीले यही ऐतिहासिक संघर्षको कदर गर्दै उम्मेदवार बनाएको जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस्

100.0%
0.0%
0.0%
0.0%
0.0%

प्रतिक्रिया