Siddha Khabar Logo
श्री कृष्ण रिजाल
श्री कृष्ण रिजाल
बिहीबार, पौष २४, २०८२

श्री जनज्योति आधारभूत विद्यालयको ३७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस हुने

श्री जनज्योति आधारभूत विद्यालयको ३७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस हुने

धादिङ । धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–७, सुकेरास्थित श्री जनज्योति आधारभूत विद्यालयको ३७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम आयोजना हुने भएको छ।

“सबैको साथ जनज्योतिको विकास, गुणस्तरीय शिक्षा हाम्रो निकास” भन्ने मूल नारासहित आयोजना हुने कार्यक्रममा विद्यार्थीहरूको शैक्षिक तथा सांस्कृतिक प्रस्तुति, उत्कृष्ट विद्यार्थी सम्मान, अभिभावक–शिक्षक अन्तरक्रिया तथा विद्यालयको प्रगति विवरण प्रस्तुत गरिने विद्यालयले जनाएको छ।

कार्यक्रममा अभिभावक, शिक्षक, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा शिक्षा प्रेमीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। विद्यालयले उक्त अवसरमा शैक्षिक गुणस्तर सुधार, भौतिक पूर्वाधार विकास र विद्यार्थीमैत्री वातावरण सुदृढ गर्ने प्रतिबद्धता पनि व्यक्त गर्ने जनाएको छ।

उक्त कार्यक्रम २०८२ साल पौष २७ गते सम्पन्न हुने विद्यालय प्रशासनले जानकारी दिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस्

100.0%
0.0%
0.0%
0.0%
0.0%

प्रतिक्रिया