Siddha Khabar Logo
श्री कृष्ण रिजाल
श्री कृष्ण रिजाल
बुधबार, पौष २३, २०८२

जिल्ला समन्वय समिति धादिङ द्वारा स्थानीय तहका असल अभ्यास तथा सिकाई सम्बन्धी अनुभव आदानप्रदान सम्पन्न

जिल्ला समन्वय समिति धादिङ द्वारा स्थानीय तहका असल अभ्यास तथा सिकाई सम्बन्धी अनुभव आदानप्रदान सम्पन्न

 

धादिङ/ धादिङ स्थानीय तहका असल अभ्यास तथा सिकाई सम्बन्धी अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला समन्वय समिति धादिङको आयोजनामा १३ वटै स्थानीय तहसँग असल अभ्यास तथा सिकाइ सम्बन्धी अनुभव आदान–प्रदान कार्यक्रम सम्पन्न भएको हो ।

जिल्ला समन्वय समिति धादिङका समन्वय प्रमुख नमराज अधिकारीको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्लाभित्रका स्थानीय तहका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा स्थानीय तहहरूले कार्यान्वयन गरेका सफल तथा असल अभ्यास, भोगिएका चुनौती तथा सिकाइका अनुभवहरू प्रस्तुत गरिएको थियो। साथै, आगामी दिनमा स्थानीय तहहरूबीच आपसी समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो।

समन्वय प्रमुख नमराज अधिकारीले असल अभ्यासको आदान–प्रदानले स्थानीय शासन प्रणालीलाई मजबुत बनाउने बताउनुभयो। सहभागीहरूले यस्ता कार्यक्रमले सेवा प्रवाह सुधारमा महत्वपूर्ण भूमिका खेल्ने महत्वपुर्ण भनाई व्यक्त गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस्

0.0%
0.0%
0.0%
0.0%
0.0%

प्रतिक्रिया