Siddha Khabar Logo
श्री कृष्ण रिजाल
श्री कृष्ण रिजाल
बुधबार, पौष २३, २०८२

राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, एमाले र जसपा गठबन्धनमा नेकपा गठबन्धन विरुद्ध एक्लै लड्ने

राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, एमाले र जसपा गठबन्धनमा नेकपा गठबन्धन विरुद्ध एक्लै लड्ने

राष्ट्रियसभा निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच तालमेल हुने निश्चित भएको छ । यद्यपि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)सँग पनि तालमेलको प्रयास भए तापनि सहमति नजुट्दा नेकपा यो गठबन्धनबाट बाहिरिएको छ ।

कांग्रेसका नेता रमेश लेखकका अनुसार नेकपासँग विचार र मापदण्ड नमिल्दा सहकार्य सम्भव हुन सकेन । ‘नेकपासँग पनि छलफल भयो, तर कुरा मिल्न सकेन,’ उनले स्पष्ट पारे । यसले नेकपाले आफ्नो राजनीतिक हैसियत, सिद्धान्त र आत्मसम्मानमा सम्झौता नगरी अघि बढ्ने स्पष्ट सन्देश दिएको छ ।

तीन दलबीच भएको सहमतिअनुसार कांग्रेसले ९, एमालेले ८ र जसपा नेपालले १ सिट लिने तय भएको छ । क्लस्टरसमेत टुंगिएको र जसपा नेपालबाट महन्थ ठाकुरलाई उम्मेदवार बनाउने सहमति भएको जनाइएको छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार, गठबन्धन बाहिर रहँदा पनि नेकपाले आफ्नो स्वतन्त्र राजनीतिक पहिचान, नीति र वैचारिक स्पष्टतालाई प्राथमिकतामा राखेको देखिन्छ । आगामी निर्वाचनमा नेकपा आफ्नै बल, संगठन र जनसमर्थनका आधारमा अघि बढ्ने संकेत यस घटनाले दिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस्

100.0%
0.0%
0.0%
0.0%
0.0%

प्रतिक्रिया