Siddha Khabar Logo
सिद्ध खबर
सिद्ध खबर
आइतबार, पौष २०, २०८२

एमाले धादिङको कार्यबाहक अध्यक्षमा अर्जुन कुमार श्रेष्ठ (गोर्खाली)

एमाले धादिङको कार्यबाहक अध्यक्षमा अर्जुन कुमार श्रेष्ठ (गोर्खाली)

धादिङ– नेपाल कम्युनिष्ट पार्टी (एमाले) धादिङका उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ (गोर्खाली) लाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको छ । जिल्ला कमिटीको आइतबार बसेको बैठकले उपाध्यक्ष श्रेष्ठलाई जिम्मेवारी दिएको हो ।

 

जिल्ला कमिटीको नवौँ अधिवेशनबाट अध्यक्षमा निर्वाचित भुमि त्रिपाठी नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पार्टी विधानअनुसार उपाध्यक्ष श्रेष्ठलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको एमाले धादिङले जनाएको छ ।

 

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा धादिङबाट निर्वाचित भुमि त्रिपाठी, डाक्टर पुष्प कडेल र डाक्टर खेम प्रसाद लोहनीलाई जिल्ला कमिटीले विशेष सम्मान गरेको छ । पार्टीको नीति, सिद्धान्त र संगठन विस्तारमा पु¥याएको योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गरिएको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस्

0.0%
0.0%
0.0%
0.0%
0.0%

प्रतिक्रिया