Siddha Khabar Logo
श्री कृष्ण रिजाल
श्री कृष्ण रिजाल
शुक्रबार, पौष ११, २०८२

हरी डल्लाकोटीले प्रतिनिधिसभा क्षेत्र नं. १ को सिफारिस अस्वीकार गरे

हरी डल्लाकोटीले प्रतिनिधिसभा क्षेत्र नं. १ को सिफारिस अस्वीकार गरे

धादिङ।
नेपाली कम्युनिष्ट पार्टी धादिङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ का लागि सिफारिस गरिएका नामहरूमा आफ्नो नाम परेकोमा हरी डल्लाकोटीले सिफारिसकर्ताप्रति धन्यवाद व्यक्त गरेका छन्।

तर, विगतका आन्दोलन तथा हालै सम्पन्न जेन्जी (Gen-Z) आन्दोलनका प्रतिनिधिलाई समेट्न नसकी गरिएको सिफारिसले परिवर्तन र जनताको असन्तुष्टि सम्बोधन गर्न नसक्ने ठहर गर्दै उनले प्रतिनिधिसभा क्षेत्र नं. १ को सिफारिस अस्वीकार गर्ने निर्णय लिएको बताएका छन्। डल्लाकोटीले आम युवा र जनताको सल्लाह–सुझावको पक्षमा उभिने स्पष्ट अडान व्यक्त गरेका छन्।

उनले खुल्ला र समानुपातिक दुवै तर्फ एउटै पात्र सिफारिस हुनु वास्तविक समानुपातिक उम्मेदवारको अपमान भएको उल्लेख गर्दै, यसले समानुपातिक कोटाप्रति जनताको वितृष्णा अझै बढ्ने चेतावनी दिएका छन्। साथै, समावेशी प्रतिनिधित्व, आन्दोलनको भावना र जनआकांक्षालाई सम्मान हुने गरी निर्णय पुनर्विचार गर्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस्

100.0%
0.0%
0.0%
0.0%
0.0%

प्रतिक्रिया