चौंथो राजु दाहाल (सागर) स्मृति कप–२०८२ सुरु
धादिङ |
नीलकण्ठ नगरपालिका–२, चिसापानीमा आयोजित चौंथो राजु दाहाल (सागर) स्मृति कप–२०८२ क्लब स्तरीय नकआउट फुटबल प्रतियोगिताआज औपचारिक रूपमा सुरु भएको छ।


उद्घाटन दिन आज दुई खेल सम्पन्न भएका छन्।
पहिलो खेलमा Mahadeufat FC र Chisapani FC बीच प्रतिस्पर्धा भएको थियो, जसमा Mahadeufat FC ले जित निकालेको छ।
त्यसैगरी दोस्रो खेलमा New Mendo Maya FC र Janajagaran FC बीच भएको खेलमा New Mendo Maya FC विजयी भएको छ।
प्रतियोगिताको उद्घाटन कार्यक्रम गणेशकुण्ड मैत्री युवा समाजका अध्यक्ष द्वारिका दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेकपा धादिङ जिल्ला संयोजक मनराज भण्डारी ‘शैलेश’ रहनुभएको थियो।
विशेष अतिथि हरूमा धादिङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप सी. तामाङ तथा नीलकण्ठ नगरपालिका–२ का वडा अध्यक्ष ध्वजबहादुर गुरुङ रहनुभएको थियो ।

भोलीका खेलहरू सार्वजनिक
नीलकण्ठ नगरपालिका–२, चिसापानीमा सञ्चालन भइरहेको चौंथो राजु दाहाल (सागर) स्मृति कप–२०८२ क्लब स्तरीय नकआउट फुटबल प्रतियोगिता अन्तर्गत भोली विभिन्न पाँच खेलहरू हुने भएका छन्।
भोली हुने खेलहरू:
Chisapani FC vs Tinghare FC
Kaule FC vs Jurethum FC
Hill Kharka FC vs Chisapani FC
Salleghari FC vs Dadabasha FC
Jurethum FC vs Janajagaran FC
आयोजकका अनुसार प्रतियोगिता आजबाट सुरु भई १६ गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगिताको आयोजक गणेशकुण्ड मैत्री युवा समाज, नीलकण्ठ नगरपालिका–२, चिसापानी, धादिङ रहेको छ भने
सह–आयोजक नीलकण्ठ शहिद प्रतिष्ठान, धादिङ रहेको छ।
स्थानीय स्तरमा खेलकुदको विकास, युवाको सहभागिता र स्वस्थ प्रतिस्पर्धालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले चिसापानी क्षेत्रलाई उत्साहित बनाएको खेल कार्यक्रमका अध्यक्ष द्वारिका दाहाल ले बताउनु भयो ।