Siddha Khabar Logo
श्री कृष्ण रिजाल
श्री कृष्ण रिजाल
बिहीबार, पौष १०, २०८२

नेकपा धादिङ क्षेत्र नं. २ ले २६ जनाको नाम सिफारिस, प्रत्यक्षतर्फ राम बहादुर भण्डारी पहिलो नम्बरमा

नेकपा धादिङ क्षेत्र नं. २ ले २६ जनाको नाम सिफारिस, प्रत्यक्षतर्फ राम बहादुर भण्डारी पहिलो नम्बरमा


धादिङ ।
 नेकपा (माओवादी केन्द्र) र नेकपा ( एकीकृत समाजवादी) सहितका दलहरू मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ ले २६ जना आकांक्षी उम्मेदवारको नाम जिल्ला कमिटीमा सिफारिस गरेको छ।
क्षेत्रीय समितिको बैठकले आकांक्षी १६ जनाको नाम जिल्ला कमिटीमा पठाएको हो । उक्त बैठक इन्दिरा ढुंगानाकोअध्यक्षता तथा राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
सिफारिस भएका आकांक्षीमध्ये प्रत्यक्षतर्फ
राम बहादुर भण्डारी (पूर्व माके), 
पुष्प विक्रम मल्ल (पूर्व माके),
अञ्जन थापा 'कुमार' (पूर्व एस) 
नवराज गौली (पूर्व एस),
अनिल रिजाल (पूर्व एस),
जगत बहादुर सिंखडा  (पूर्व माके),
सरला धमला (पूर्व माके),
शिशिर तामाङ  (पूर्व माके) जेन्जी समुह रहेका छन्।
त्यसैगरी समानुपातिकतर्फ
इन्दिरा ढुङ्गाना
सरला धमला 
लीलामणि न्यौपाने 
अप्सरा सिंखडा 
कृष्ण बहादुर दाहाल 
शोभा डंगोल 
बेदनीघी अधिकारी 
लक्ष्मी थापा मगर 
तिलक बहादुर थापा 
उमेश घले 
सन्दीप स्याम्चेन तामाङ 
शान्त विक्रम बानियाँ 
भिम परियार 
राम बहादुर बस्याल 
राष्ट्रिय सभा तर्फ 
विष्णु पुकार श्रेष्ठ 
गुरु प्रसाद बुर्लाकोटी 
मोहन बहादुर कार्की 
राम प्रसाद सापकोटा (कमल ) काे नाम सिफारिस गरिएकाे छ।


नेकपाले धादिङ क्षेत्रमा नं २ ले राम बहादुर भण्डारीलाई १ नम्बरमा सिफारिस गरेको छ । 

क्षेत्रीय समितिले प्रत्यक्षतर्फ राम बहादुर भण्डारीलाई पहिलो नम्बरमा सिफारिस गरेको छ।
राम बहादुर भण्डारी
पूर्व माओवादी केन्द्रका नेता राम बहादुर भण्डारी धादिङ क्षेत्र नम्बर २ का अनुभवी र जनआधारित नेता हुन्। जनआन्दोलनदेखि संगठन निर्माणसम्म सक्रिय भूमिका निर्वाह गरेका भण्डारी सरल स्वभाव, स्पष्ट राजनीतिक दृष्टिकोण र निरन्तर जनसम्पर्कका कारण पार्टी पंक्ति र आम नागरिकबीच लोकप्रिय मानिन्छन्। पार्टीभित्रको योगदान, अनुभव र नेतृत्व क्षमताका आधारमा नेकपाले उनलाई पहिलो प्राथमिकतामा सिफारिस गरेको हो। 
उनलाई धादिङका जीउँदो सहिद भनेर पनि चिनिन्छ ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस्

92.7%
4.9%
2.4%
0.0%
0.0%

प्रतिक्रिया