Uddhav Rijal
Uddhav Rijal
बुधबार, पौष ९, २०८२

नेता वीरेन्द्र जिसी कैलाली निर्वाचन क्षेत्र नं. ३ बाट सिफारिस

नेता वीरेन्द्र जिसी कैलाली निर्वाचन क्षेत्र नं. ३  बाट सिफारिस

कैलाली: अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिव तथा जेन–जी युवा नेता कमरेड वीरेन्द्र जिसी नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट कैलाली निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारका रूपमा सिफारिस भएका छन्।

पार्टीले अवलम्बन गरेको हरेक निर्वाचन क्षेत्रबाट एक जना जेन–जी उम्मेदवार सिफारिस गर्ने नीति अनुसार जिसीलाई उम्मेदवारका रूपमा अघि सारिएको पार्टी स्रोतले जनाएको छ। संगठनात्मक सक्रियता, वैचारिक प्रतिबद्धता तथा जनआधारलाई मूल्यांकन गर्दै उनको नाम सिफारिस गरिएको बताइएको छ।

कमरेड जिसी विद्यार्थी आन्दोलन, जनआन्दोलन तथा सामाजिक न्याय, समावेशीता र जनअधिकारको पक्षमा निरन्तर सक्रिय रहँदै आएका छन्। उनी अखिल (क्रान्तिकारी) भित्र प्रभावशाली युवा नेताका रूपमा परिचित छन्।

नेपाली कम्युनिस्ट पार्टी कैलाली निर्वाचन क्षेत्र नं. ३ का नेताका अनुसार आगामी बैठकबाट अन्य आकांक्षी उम्मेदवारहरूको नाम पनि सिफारिस गरिनेछ। त्यसपछि जिल्ला कमिटीमार्फत प्रदेश र प्रदेशमार्फत केन्द्रमा सिफारिस गर्ने प्रक्रिया अघि बढ्ने उनले जानकारी दिए।

पार्टीले आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा चुनावी तयारीलाई तीव्र बनाउँदै लगेको जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस्

0.0%
0.0%
0.0%
0.0%
0.0%

प्रतिक्रिया