Siddha Khabar Logo
श्री कृष्ण रिजाल
श्री कृष्ण रिजाल
सोमबार, पौष ७, २०८२

नीलकण्ठ नगरपालिकाद्वारा २ वर्षदेखि विद्यालय शिक्षा पूर्ण रूपमा निःशुल्क, शिक्षामन्त्री महावीर पुनद्वारा प्रशंसा

नीलकण्ठ नगरपालिकाद्वारा २ वर्षदेखि विद्यालय शिक्षा पूर्ण रूपमा निःशुल्क, शिक्षामन्त्री महावीर पुनद्वारा प्रशंसा

धादिङ । निलकण्ठ नगरपालिका, धादिङले नगरभित्रका ८३ वटा सामुदायिक विद्यालयमा विगत २ वर्षदेखि विद्यालय शिक्षा पूर्ण रूपमा निःशुल्क (परीक्षा शुल्कसमेत) प्रदान गर्दै आएको छ। नगरपालिकाले कक्षा १–१० का विद्यार्थीलाई प्रति विद्यार्थी रु. ५,००० र कक्षा ११–१२ का विद्यार्थीलाई प्रति विद्यार्थी रु. ९,००० का दरले वार्षिक अनुदान उपलब्ध गराउँदै आएको छ।

नगरपालिकाका उप–प्रमुख दिपक विश्वकर्माले यस कार्यक्रमको कानुनी आधार स्पष्ट पार्दै भन्नुभयो,
“नेपालको संविधान २०७२ को धारा ३१ ले नागरिकलाई शिक्षाको मौलिक हक दिएको छ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले विद्यालय शिक्षा व्यवस्थापनको अधिकार स्थानीय तहलाई दिएको छ। निलकण्ठ नगरपालिकाले सोही संवैधानिक र कानुनी अधिकार प्रयोग गरेर सार्वजनिक शिक्षालाई निःशुल्क बनाएको हो।”

उहाँले थप भन्नुभयो,
“शिक्षामा पहुँच सबैको निशुल्क अधिकार हो। आर्थिक अभावका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित नहोस् भन्ने उद्देश्यले परीक्षा शुल्कसमेत नलिने निर्णय गरिएको हो। यो नीति निरन्तर रहने छ । 

सार्वजनिक तथा प्राविधिक शिक्षा सुधारको विषयमा उप प्रमुखले विगतमा पनि भेटेर आफ्ना महत्वपूर्ण सुझाव पेस गर्दै आउनु भएको छ ।

यस पहलको शिक्षा मन्त्री एवम् राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सामाजिक सञ्जालमार्फत खुलेर प्रशंसा गर्दै अन्य पालिकाहरूलाई पनि यस्तै नीति अवलम्बन गर्न आग्रह गर्नुभएको छ। शिक्षा मन्त्रालयमा भएको भेटघाटका क्रममा सामाजिक अभियन्ता भट्टराई इन्द्रराजले निलकण्ठ नगरपालिकाको निःशुल्क शिक्षा तथा ‘शिक्षक–अभिभावक–विद्यार्थी उत्प्रेरणा कार्यक्रम’बारे जानकारी शिक्षामन्त्री महाविर पुनलाई गराउनु मन्त्री पुनले  नीलकण्ठ नगर उपप्रमुख दिपक विश्वकर्मा पुन गरेर फेसबुकमा स्ट्याटस लेखेपछि यो विषयले राष्ट्रिय स्तरमा चर्चा पाएको छ ।

सार्वजनिक शिक्षाको सुधारमा संविधान, कानुन र व्यवहारिक कार्यान्वयनलाई जोडेर गरिएको निलकण्ठ नगरपालिकाको यो कदम उदाहरणीय रहेको सरोकारवालाहरूको भनाइ छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस्

0.0%
0.0%
0.0%
0.0%
0.0%

प्रतिक्रिया