Siddha Khabar Logo
श्री कृष्ण रिजाल
श्री कृष्ण रिजाल
बुधबार, मंसिर १७, २०८२

३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा नीलकण्ठ नगरपालिकाद्वारा प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा नीलकण्ठ नगरपालिकाद्वारा प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

 

नीलकण्ठ नगरपालिका, धादिङ
१७ मंसिर २०८२

३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा "अपाङ्गता समावेशी समाजको प्रवर्द्धन : सामाजिक उन्नतिको संवर्द्धन"भन्ने राष्ट्रिय नाराका साथ नीलकण्ठ नगरपालिकामा प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता नीलकण्ठ नगरपालिका उपप्रमुख दिपक विस्वकर्माज्यूले गर्नुभएको थियो। कार्यक्रमका मुख्य अतिथि प्रमुख प्रशासकीय अधिकृत हरि दत्त कडेल, अतिथि सामाजिक विकास संयोजक मन्जु मगर, तथा विभिन्न संघ–संस्थाका प्रमुखहरूको आतिथ्यतामा कार्यक्रम सम्पन्न भयो।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मूल आयोजक समितिको संयोजनमा आयोजित कार्यक्रममा स्वावलम्बी बहिरङ्ग, नमुना वैधिक अपाङ्ग लय विद्यार्थी तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रभातफेरीमार्फत अपाङ्गता भएका व्यक्ति‌हरूको अधिकार, सहभागिता र समावेशी समाज निर्माणका सन्देशहरू प्रवाह गरियो। त्यसपछि आयोजित अन्तरक्रिया सत्रमा अपाङ्गता मैत्री नीति, सेवासुविधा तथा स्थानीय तहको भूमिकाबारे गम्भीर छलफल गरिएको थियो।

कार्यक्रमले अपाङ्गता अधिकार संवर्द्धन, सामाजिक चेतना अभिवृद्धि र समावेशी विकासप्रति स्थानीय तहको प्रतिबद्धता पुनः सुनिश्चित गरेको आयोजकहरूले बताए।

आफ्नो प्रतिक्रिया दिनुहोस्

0.0%
0.0%
0.0%
0.0%
0.0%

प्रतिक्रिया