नीलकण्ठ क्याम्पसमा ‘Matthew Memorial Endowment Fund’ स्थापना, पाँच लाखको प्रारम्भिक कोष हस्तान्तरण
धादिङ। नीलकण्ठ बहुमुखी क्याम्पस, दातृ श्रीमती मेरी ब्रेल (अष्ट्रेलिया) र रोटरी क्लब अफ धादिङबीच Matthew Memorial Endowment Fund स्थापना गर्ने समझदारीपत्र (MoU) औपचारिक रूपमा हस्ताक्षर गरिएको छ। आर्थिक रूपमा कमजोर, वञ्चित र अभिभावकविहीन विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न सहयोग गर्ने उद्देश्यसहित कोष स्थापना गरिएको हो।

MoU अनुसार दाता श्रीमती मेरी ब्रेलले रु. ५,००,००० (पाँच लाख रुपैयाँ) प्रारम्भिक मूलधनका रूपमा जम्मा गर्नेछिन्। उक्त रकम ‘Matthew Memorial Endowment Fund’ नामक छुट्टै बैंक खातामा राखी दिगो, पारदर्शी र घुम्ती प्रणालीमा सञ्चालन गरिनेछ।
क्याम्पस प्रमुख डा. मुरारी अधिकारी, रोटरी क्लब अफ धादिङका अध्यक्ष डा. राम रिजाल, तथा दाता श्रीमती मेरी ब्रेलसहित सबै पक्षले २०८२ मंसिर १७ गते (३ डिसेम्बर २०२५) MoU मा हस्ताक्षर गरेका छन्।
कोष व्यवस्थापन समितिमा क्याम्पस, रोटरी क्लब तथा दातृ पक्षको सहभागिता रहनेछ। समितिले वर्षमा कम्तीमा दुईपटक बैठक बसेर वित्तीय अवस्था मूल्यांकन, छात्रवृत्ति वितरण, तथा सुशासन सुनिश्चित गर्ने जिम्मेवारी लिनेछ।
क्याम्पसले वार्षिक वित्तीय प्रतिवेदन तथा अडिट रिपोर्ट दाता र रोटरी क्लबलाई उपलब्ध गराउनेछ। MoU मा कुनै संशोधन गर्नुपर्ने अवस्थामा सबै तीन पक्षको सहमति आवश्यक पर्ने उल्लेख गरिएको छ।
शिक्षा क्षेत्रमा दिगो सहयोग र छात्रवृत्तिमार्फत disadvantaged विद्यार्थीलाई सक्षम बनाउने लक्ष्यसहित स्थापना गरिएको यो कोष क्याम्पसमा महत्वपूर्ण उपलब्धि मानिएको छ।



e