Siddha Khabar Logo
श्री कृष्ण रिजाल
श्री कृष्ण रिजाल
आइतबार, आश्विन २६, २०८२

गजुरी गाउँपालिकाले गर्यो फोहोर व्यवस्थापनमा ऐतिहासिक पहल — अध्यक्ष गणेशलाल श्रेष्ठको स्पष्टिकरण

गजुरी गाउँपालिकाले गर्यो फोहोर व्यवस्थापनमा ऐतिहासिक पहल — अध्यक्ष गणेशलाल श्रेष्ठको स्पष्टिकरण

धादिङ — गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले गाउँपालिकाको फोहर व्यवस्थापनसम्बन्धी विषयलाई अनावश्यक रूपमा विवादमा ल्याइएको भन्दै स्पष्टिकरण दिएका छन्।

२०७९ सालको निर्वाचनपछि जिम्मेवारी सम्हालेको आफ्नो नेतृत्वको सरकारले अघिल्लो सरकारले कुनै ठोस निर्णय गर्न नसकेको अवस्थामा फोहर व्यवस्थापनका लागि ठोस कदम चालेको अध्यक्ष श्रेष्ठले बताएका छन्। उनका अनुसार गाउँपालिकाले वडा नं. ६ स्थित चापा भञ्ज्याङ सालघारीमा जग्गा खरिद गरी ५० लाख रुपैयाँको लागतमा फोहर व्यवस्थापन केन्द्र निर्माण कार्य सुरू गरेको हो।

यसैक्रममा चालु आर्थिक वर्षमा संघीय सरकारबाट ८९ लाख र गाउँपालिकाबाट ८९ लाख गरी १ करोड ७८ लाख रुपैयाँ, साथै पालिकाबाट थप १५ लाख गरी कुल १ करोड ९३ लाख रुपैयाँ बजेट विनियोजन भई हाल टेन्डर प्रक्रियामा रहेको पनि उनले जानकारी दिए।

अध्यक्ष श्रेष्ठका अनुसार गजुरी गाउँपालिकाले जिल्लाकै पहिलो आधुनिक फोहर व्यवस्थापन केन्द्र सञ्चालन गर्ने योजना अघि बढाएको छ, जुन पालिकाको गर्व गर्न लायक उपलब्धि हो।

उनले सामाजिक सञ्जालमा फैलिएका केही भ्रमपूर्ण सूचनाप्रति ध्यान नदिन र यथार्थ जानकारी यही प्रेस विज्ञप्तिबाट लिन सर्वसाधारणमा आग्रह गरे। साथै, पटकपटक दलगत सहमति सहित फोहर व्यवस्थापनको स्थायी समाधानका प्रयास भइरहेका बेला राजनीतिक स्वार्थका लागि सस्तो प्रचारप्रसार नगर्न पनि उनले सबै पक्षलाई अनुरोध गरेका छन्।

— गजुरी गाउँपालिका, अध्यक्ष गणेशलाल श्रेष्ठ

आफ्नो प्रतिक्रिया दिनुहोस्

50.0%
0.0%
0.0%
50.0%
0.0%

प्रतिक्रिया