Siddha Khabar Logo
श्री कृष्ण रिजाल
श्री कृष्ण रिजाल
आइतबार, आश्विन २६, २०८२

धादिङ–काठमाडौं चल्ने श्री मण्डली यातायातको Non Stop Deluxe बस सेवाप्रति यात्रु असन्तुष्ट

धादिङ–काठमाडौं चल्ने श्री मण्डली यातायातको Non Stop Deluxe बस सेवाप्रति यात्रु असन्तुष्ट

धादिङ–काठमाडौं मार्गमा सञ्चालन हुँदै आएको श्री मण्डली यातायात प्रा.लि.को Non Stop Deluxe बस सेवाप्रति यात्रुहरूले असन्तोष व्यक्त गरेका छन्।
पहिले उत्कृष्ट सेवाका कारण चर्चामा आएको यस बस सेवाले छोटो समयमा यात्रुको मन जितेको थियो। तर पछिल्लो समय यात्रुहरूले सेवाको गुणस्तर खस्किएको गुनासो गर्न थालेका छन्। 

एक यात्रुले आफ्नो फेसबुकमा स्टाटस लेख्दै बसको सरसफाइ, सिटको अवस्था र साउन्ड सिस्टम लगायतका पक्षमा सुधार आवश्यक रहेको उल्लेख गरेका छन्।


उनका अनुसार, “पहिलेको जस्तो ग्राहक सेवामा ध्यान नदिइएको” र “बसको अवस्था निकै खस्किएको” भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

यात्रुहरूको गुनासो बढ्दै गए पनि कम्पनीले हालसम्म यस विषयमा कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।

आफ्नो प्रतिक्रिया दिनुहोस्

0.0%
0.0%
0.0%
0.0%
0.0%

प्रतिक्रिया