स्वर्णिम धादिङ सहकारीले ११ प्रतिशत लाभांश घोषणा गर्दै ७औं वार्षिक साधारणसभा सम्पन्न
धादिङ — स्वर्णिम धादिङ बहुउद्देश्यीय सहकारी संस्था लि. ले ११ प्रतिशत लाभांश घोषणा गर्दै आफ्नो ७औं वार्षिक साधारणसभा भव्यतापूर्वक सम्पन्न गरेको छ। सहकारीले २०७६ साल बैशाख १ गतेदेखि औपचारिक कारोबार सुरु गरेको हो।

संचालनको दोस्रो वर्षदेखि नै नियमित १० प्रतिशत बोनस वितरण गर्दै आएको सहकारीले यस वर्ष लाभांश वृद्धि गर्दै ११ प्रतिशत घोषणा गरेको हो। हाल सहकारीमा १९१९ जना शेयर सदस्य रहेकोमा करिब ५० प्रतिशत सदस्य युवा छन्।

सहकारीको कुल पुँजी १२ करोड रुपैयाँभन्दा माथि पुगेको छ भने, अध्यक्ष अशोक कुमार बस्नेतको संयोजकत्वमा स्थापना भएको हो ।
सहकारीले २०८० साल देखि सञ्चलनमा ल्याएको ‘स्वर्णिम मिटमार्ट’ ले वार्षिक झण्डै ४ करोड हाराहारीको कारोबार गर्दै आएको र अत्यन्त सफलतापूर्वक सञ्चालन गर्दै स्वर्णिम मिटमार्टले बजारमा ग्राहकहरुलाई सहुलिय दरमा गुणस्तरीय मासु जन्य वस्तुहरु उपलब्ध गराउँदै आएको अध्यक्ष बस्नेतले बताउनु भयो ।
कार्यक्रममा उपस्थित अतिथिहरूले सहकारीको प्रगतिप्रति प्रसंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा सहकारी अभियानलाई अघि बढाउन शुभकामना दिएका छन्।