Siddha Khabar Logo
श्री कृष्ण रिजाल
श्री कृष्ण रिजाल
शुक्रबार, आश्विन २४, २०८२

पेर्चो–धादिङबेँसी रुटमा बढी भाडा असुली: चलानीमा १ हजार तर १५ सय शुल्क असुली

पेर्चो–धादिङबेँसी रुटमा बढी भाडा असुली: चलानीमा १ हजार तर १५ सय शुल्क असुली

धादिङ । खनियाबास १ पेर्चो देखि धादिङबेँसी सम्म सञ्चालन हुने संयुक्त यातायात प्रालिका सवारीसाधनहरूले तोकिएको भन्दा बढी भाडा उठाउँदै आएको यात्रुहरूले गुनासो गरेका छन्।

दशैंको समयमा यात्रु चाप बढ्नु र गाडीको अभाव हुनुका कारण केही सवारीले अस्थायी रूपमा बढी भाडा लिएको बताइएको थियो। तर, दशैंको चहलपहल सकिएको लामो समय भइसके पनि अझै चलानीमा १ हजार रुपैयाँ लेखिए पनि १५ सय रुपैयाँसम्म भाडा असुली भइरहेको यात्रुहरूले बताएका छन्।

रुवीभ्याली गाउँपालिका–१ लिङ्जोका सुवम तामाङका अनुसार, “संयुक्त यातायातले अहिले पनि पेर्चोदेखि धादिङबेँसीसम्म अनधिकृत रूपमा बढी भाडा असुल्दै आएको छ, जसले सर्वसाधारण यात्रुहरू प्रत्यक्ष मारमा परेका छन्,” उनले बताए।

उनका अनुसार पटक–पटक जिल्ला प्रशासन, स्थानीय तह र प्रहरीलाई गुनासो गर्दा पनि कुनै सुनुवाइ भएको छैन।

आफ्नो प्रतिक्रिया दिनुहोस्

0.0%
0.0%
0.0%
0.0%
0.0%

प्रतिक्रिया