Siddha Khabar Logo
Uddhav Rijal
Uddhav Rijal
बिहीबार, आश्विन २३, २०८२

माइतीघर प्रदर्शन प्रकरण : निकोलस भुसाललाई सुधार केन्द्र पठाइयो

माइतीघर प्रदर्शन प्रकरण : निकोलस भुसाललाई सुधार केन्द्र पठाइयो

काठमाडौं, २३ असोज — माइतीघर मण्डलामा बिहीबार दिउँसो भएको प्रदर्शनका क्रममा पक्राउ परेका अभियन्ता निकोलस भुसाललाई सुधार केन्द्र पठाइएको छ।

काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार, पक्राउपछि गरिएको चिकित्सकीय परीक्षणमा भुसालले लागूऔषध (गाँजा) सेवन गरेको पुष्टि भएको हो।

‘उहाँको एक वर्षअघि पक्राउ पर्दा पनि यही रिपोर्ट आएको थियो, आज पनि त्यही परिणाम आएको छ,’ एसपी भट्टराईले बताए, ‘त्यसैले उहाँलाई सुधार केन्द्र पठाइएको हो।’

उनका अनुसार निकोलसलाई उनका दाजुको जिम्मामा राखी सुधार केन्द्र पठाइएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस्

0.0%
0.0%
0.0%
0.0%
0.0%

प्रतिक्रिया