Siddha Khabar Logo
Uddhav Rijal
Uddhav Rijal
बुधबार, आश्विन २२, २०८२

बिहीबार ‘एनटिइके–जेड’ समूहले शान्तिपूर्ण प्रदर्शन

बिहीबार ‘एनटिइके–जेड’ समूहले शान्तिपूर्ण प्रदर्शन

काठमाडौं – काठमाडौंको बिहीबार ‘एनटिइके–जेड’ समूहले शान्तिपूर्ण प्रदर्शन आयोजना गरेको छ। समूहका संयोजक सुरेन्द्र घर्तीले प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अनुमति मागेका थिए।

सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार, निषेधित क्षेत्र बाहेक अन्य स्थानमा शान्तिपूर्ण प्रदर्शन गर्न रोक लगाइएको छैन। उनले भने, “निषेधित क्षेत्र बाहेकको ठाउँमा शान्तिपूर्ण प्रदर्शन गर्न हामीले रोकेका छैनौं।”

यसैबीच, प्रदर्शनमा घुसपैठ हुनसक्ने आशंकाका कारण काठमाडौं प्रहरीले सुरक्षा योजना तयार गरी थप प्रहरी सहयोग माग गरेको छ। उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले आवश्यक जनशक्ति उपलब्ध गराइने बताएका छन्।

घर्ती नेतृत्वको ‘एनटिइके–जेड टिम’ले भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म प्रदर्शन गर्ने जनाएको छ। आयोजकहरूले प्रदर्शन शान्तिपूर्ण रहने दाबी गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस्

0.0%
0.0%
0.0%
0.0%
0.0%

प्रतिक्रिया