Siddha Khabar Logo
Uddhav Rijal
Uddhav Rijal
मंगलबार, आश्विन २१, २०८२

धादिङमा सिँढीबाट लड्दा एकजनाको मृत्यु

धादिङमा सिँढीबाट लड्दा एकजनाको मृत्यु

धादिङमा सिँढीबाट लड्दा एकजनाको मृत्यु

धादिङ, असोज २०।
धादिङको नेत्रावती डबजोङ गाउँपालिका–३ चौताराका एक पुरुषको सिँढीबाट लडेर मृत्यु भएको छ।

घर नजिकैको बाटोमा रहेको सिँढीबाट लडी गम्भीर घाइते भएका ५५ वर्षीय बुद्धिबहादुर तामाङको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश दाहालका अनुसार तामाङ लडी टाउकोमा गम्भीर चोट लागेपछि उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो।

घाइते तामाङलाई सुरुमा धादिङ अस्पतालमा उपचार गरिएको थियो। तर अवस्था गम्भीर भएपछि थप उपचारका लागि काठमाडौँ पठाइएको थियो।

स्थानीयका अनुसार तामाङ घर नजिकैको बाटोमा रहेको सिँढीबाट पछाडि लडी ढुंगामा टाउको ठोक्किँदा गम्भीर घाइते भएका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस्

100.0%
0.0%
0.0%
0.0%
0.0%

प्रतिक्रिया