धादिङको कठेरी आमाको ह!त्या

धादिङ — धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका–५ थापाकठेरीमा आमाको ह!त्या गरेको आरोपमा एक छोरालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) भेषराज रिजालका अनुसार ३० वर्षीय यमबहादुर कँडेलले धारिलो हतियार प्रहार गरी आफ्नी ६३ वर्षीय आमा राममाया कँडेलको ह!त्या गरेका हुन्।
प्रहरीका अनुसार आइतबार राति करिब ९ बजे प्रहरीले घटनास्थल पुग्दा यमबहादुर हातमा खुँडा बोकेर बाहिर हिँडिरहेका थिए। पछि उनी घरभित्र छिरेपछि प्रहरीले घरभित्रैबाट उनलाई नियन्त्रणमा लिएको थियो।
हत्या किन र कसरी भयो भन्ने कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रिजालले जानकारी दिए।
आफ्नो प्रतिक्रिया दिनुहोस्
0.0%
0.0%
0.0%
0.0%
0.0%