Siddha Khabar Logo
Uddhav Rijal
Uddhav Rijal
शनिबार, आश्विन १८, २०८२

अविरल वर्षासँगै काठमाडौंका बागमती किनारका सुकुम्बासी बस्ती डुबानमा

अविरल वर्षासँगै काठमाडौंका बागमती किनारका सुकुम्बासी बस्ती डुबानमा

काठमाडौं – अविरल वर्षासँगै राजधानीका विभिन्न स्थानका बस्तीहरू डुबानमा परेका छन् । विशेष गरी बागमती नदी किनारका सुकुम्बासी बस्तीहरूमा पानी पसेपछि स्थानीयवासी प्रभावित भएका छन्।

बाढीले जोखिम बढेपछि नेपाली सेनालाई उद्धारका लागि परिचालन गरिएको छ । सेनाका टोलीहरूले बाढीग्रस्त क्षेत्रका प्रत्येक घरमा पुगेर अवस्था बुझ्ने, आवश्यक परे उद्धार गर्ने तथा सामान सार्न सहयोग गर्ने कार्य जारी राखेका छन्।

सडक र गल्लीहरूमा पानी जम्दा आवतजावतमा समेत कठिनाइ भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्ला दिनहरूमा निरन्तर वर्षा भइरहेको र अझ केही घण्टासम्म वर्षा जारी रहने सम्भावना छ।

📸 तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

आफ्नो प्रतिक्रिया दिनुहोस्

0.0%
0.0%
0.0%
0.0%
0.0%

प्रतिक्रिया