Siddha Khabar Logo
श्री कृष्ण रिजाल
श्री कृष्ण रिजाल
शुक्रबार, आश्विन १७, २०८२

प्रचण्डद्वारा विपद् सचेतना अपील

प्रचण्डद्वारा विपद् सचेतना अपील

नेकपा (माओवादि केन्द्र) का अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मौसम विभागको चेतावनीअनुसार देशका विभिन्न भागमा भारी वर्षा, बाढी, पहिरो, डुबान र भूक्षयको जोखिम रहेको भन्दै सबै जनसमुदायलाई आवश्यक सतर्कता र सावधानी अपनाउँदै सुरक्षित रहन अपील गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन् —
“जोखिमजन्य क्षेत्रमा सबै जनसमुदायलाई आवश्यक सतर्कता र सावधानी अपनाउँदै सुरक्षित रहन अपील गर्दछु। साथै, तीनै तहका सरकारलाई तीव्र पूर्वतयारी र विपद् प्रतिकार्यमा सक्रिय हुन आग्रह गर्दछु। हाम्रो पार्टीका सबै नेता तथा कार्यकर्ताहरुलाई जनतासँगै रहेर जोखिममुक्तिरुद्ध सक्रियतापूर्वक जुट्न निर्देशन दिन्छु।”

आफ्नो प्रतिक्रिया दिनुहोस्

0.0%
0.0%
0.0%
0.0%
0.0%

प्रतिक्रिया