योङ स्टार क्लब–A र मधुवन युवा क्लब–A बीचको रोमाञ्चक फाइनल खेल आज दिउसो ३ बजे सम्पन्न हुँदै

दशैँ तथा शुभ दिपावली २०८२ को पावन अवसरमा योङ स्टार क्लबको आयोजनामा नीलकण्ठ नगरपालिका वडा न. -१३ घुमाउनेडाडा स्थित नेपाल (Nepal🇳🇵) - ताइवान ( Taiwan- 🇹🇼 ) फ्रेण्डसिप खेलमैदानमा संचालन भै रहेको तेश्रो सँस्करणको पुरुष फुटबल प्रतियोगितामा “नीलकण्ठ न. पा. वडा नं.-१३ भित्रको मात्र फुटबल खेलाडीहरुलाई सहभागी गराउने गरी” पूर्व घोषित सूचना अनुसार संचालन भइरहेको छ । मिति २०८२/०६/१३ गते देखि संचालन भएको उक्त खेलमा निलकण्ठ -१३ भित्रका योङ स्टार क्लब, मधुबन युवा क्लब, बटुवा युवा क्ल्ब, फूटबल क्लब भोर्ले, सक्रिय भोर्ले युवा क्लब तल्लो भोर्ले, कार्पे युवा क्लब लगायतका -१२ टिमको सहभागी थियो। जसमा पोल A बाट - ६ टिम र पोल B बाट - ६ टिम नकाउट चरणमा खेलाउदा पहिलो पोल A - बाट मधुबन युवा क्लब A,C र वटुवा युवा क्लब छनौट भएको थियो, त्यस्तै दोर्सो पोल B - बाट योङ्ग स्टार क्लब -A , मधुवन युवा क्लव - B - र फूटबल क्लव भोर्ले - B - छनौट भएका थिए।
दोर्सो चरणको पहिलो पोल A - मा ३ टिम मध्ये मधुवन युवा क्लव -C र वटुवा युवा क्लव विच खेल भएको थियो भने मधुवन युवा क्लव -A बाइ परेको थियो। यस पोलमा परेका मधुवन युवा क्लव -C र वटुवा युवा क्लव विरुद्वको खेलमा १/१ गोलको बराबरिमा पेनाल्टी सुटमा ५/४को अन्तरमा मधुवन युवा क्लब -C को बिजेता भए सगै मधुवन युवाक्लब -C सेमिफाइनल चरणमा प्रबेश गरेका थिए। भने वटुवा युवा क्लब खेलबाट बाहिरिएका थिए।
त्यस्तै दोर्सो चरणको दोर्सो पोल B - मा ३ टिम मध्ये मधुवन युवा क्लव -B र फूटबल क्लव भोर्ले विच खेल भएको थियो भने योङ स्टार युवा क्लव -A बाइ परेको थियो। यस पोलमा परेका मधुवन युवा क्लव -B र फूटबल क्लव भोर्लेको विरुद्वको खेलमा खेल बराबरि भएकोमा पेनाल्टी सुटमा ३/२को अन्तरमा मधुवन युवा क्लब -B को बिजेता भए सगै मधुवन युवाक्लब -B सेमिफाइनल चरणमा प्रबेश गरेका थिए। भने फूटबल क्लब भोर्ले खेलबाट बाहिरिएका थिए।
सेमिफाइनल चरणम योङ स्टार -A का विरुद्व मधुबन युवा क्लब -C को खेलमा योङ स्टार क्लब -A ले ३/0 ले अग्रता लिदै योङ स्टार क्लब -A ले फाइनल चरणमा प्रवेश गरेका थिए। त्यस्तै मधुवन युवा क्लब -A का विरुद्व मधुवन युवा क्लब - B को खेलमा मधुवन युवा क्लव - A ले १/0 ले अग्रता लिदै मधुवन युवा क्लव -A ले फाइनल चरण प्रवेश गरेका थिए।
फाइनल चरणको खेल योङ स्टार क्लब -A को विरुद्वमा मधुवन युवा क्लव -A को खेल हुदाहुदै मौसको कारण खेल अबरुद्व भएको थियो। उक्त फाइनल खेल योङ स्टार क्लब र मधुवन युवा क्लब बीचको फूटबल खेल आज मिति २०८२/०६/१५ गते दिनको ठिक -३:०० बजे योङ स्टार क्लबको नेपाल 🇳🇵- ताइवान🇹🇼 फ्रेण्डसिप खेलमैदानमा हुने सम्बद्व सबैमा जानकारी सहित यो सूचना गरिन्छ ।
योङ स्टार क्लब ,नीलकण्ठ -१३, सेउली, धादिङ ।