Siddha Khabar Logo
Uddhav Rijal
Uddhav Rijal
शुक्रबार, आश्विन १०, २०८२

भाडा नतिरेको गुनासो गर्दै रास्वपालाई कार्यालय खाली गर्न घरधनी देवकोटाको आग्रह

भाडा नतिरेको गुनासो गर्दै रास्वपालाई कार्यालय खाली गर्न घरधनी देवकोटाको आग्रह


१० असोज, काठमाडौं

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रयोग गर्दै आएको बनस्थलीस्थित केन्द्रीय कार्यालय खाली गर्न घरधनीले आग्रह गरेका छन्।
अमेरिकामा रहेका घरधनी तथा रास्वपाका अनुशासन आयोगका प्रमुख भरतमणि देवकोटाले १० महिनादेखि घरभाडा नतिरेको भन्दै असन्तुष्टि प्रकट गरेका छन्। उनले भने, “१० महिनाको भाडावापतको रकम पाएको छैन। पार्टीलाई सापट दिएको रकम पनि पाएको छैन। सापट दिएको ठूलै रकम छ, के कति अहिले नभनौं।”
देवकोटाका अनुसार मासिक तीन लाख पचास हजार रुपैयाँमा घर भाडामा दिने सहमति भएको थियो। तर लामो समयदेखि भाडा नतिरेकाले उनले तीन महिनाभित्र घर खाली गर्न आग्रह गरेका हुन्।
रास्वपाको अनुशासन आयोगका प्रमुख रहेका देवकोटा अमेरिका गएका कारण पार्टीले उनको स्थानमा कार्यवाहक तोकेको थियो। तर उनले पार्टीले आफूलाई सदस्यका रूपमा अलग्गै र घरधनीका रूपमा अलग्गै व्यवहार गर्नुपर्नेमा गम्भीरता नदेखाएको गुनासो गरे। “पार्टीमा म संलग्न हुने एउटा पाटो हो, घर भाडा अर्को विषय हो। पार्टीले त्यसलाई बुझ्ने गाम्भिर्यता देखाएन,” देवकोटाले भने।
यससँगै रास्वपाले अब नयाँ कार्यालय स्थल खोज्नुपर्ने बाध्यता आएको छ

आफ्नो प्रतिक्रिया दिनुहोस्

0.0%
0.0%
0.0%
0.0%
0.0%

प्रतिक्रिया