Siddha Khabar Logo
Uddhav Rijal
Uddhav Rijal
बिहीबार, आश्विन ९, २०८२

धादिङ सदरमुकाम नजिकै सडक अवरुद्ध: दशैंमा जनताको सास्ती

धादिङ सदरमुकाम नजिकै सडक अवरुद्ध: दशैंमा जनताको सास्ती

स्थानीय सरकारको लापरबाहीले जनतालाई महिना दिनसम्म यातायात र जीवनयापनमा समस्या

निलकण्ठ नगरपालिका–३, शान्ति टार जाने मुख्य सडक पहिरोले अवरुद्ध भएको एक महिना बितिसक्दा पनि सञ्चालनमा आएको छैन। सदरमुकाम धादिङ बेसीबाट जम्मा ५००–६०० मिटरको दूरीमा सडकको यस्तो अवस्था हुँदा पनि स्थानीय सरकार, प्रदेश र संघीय तहबाट कुनै ठोस पहल हुन सकेको छैन।

यस अवरुद्ध सडकले दशैंको समयमा जनताको आवतजावतमा ठूलो असुविधा सिर्जना गरेको छ। खाद्यान्न, औषधि र अन्य आवश्यक सामग्री ढुवानी ठप्प हुनुका साथै विद्यार्थी र बिरामीको पहुँचमा समेत समस्या परेको छ। सदरमुकामकै नजिक सडक संचालनमा समस्या देखिनु केवल स्थानीय सरकारको कमजोरी मात्र नभई प्रदेश र संघीय सरकारको दुर्गम क्षेत्रप्रति उपस्थिति र प्राथमिकता नहुने कमजोरीलाई पनि प्रष्ट देखाउँछ। एक महिनादेखि बन्द रहेकाले नागरिकमा असन्तुष्टि बढ्दो छ।

आफ्नो प्रतिक्रिया दिनुहोस्

0.0%
0.0%
0.0%
0.0%
0.0%

प्रतिक्रिया