Siddha Khabar Logo
Uddhav Rijal
Uddhav Rijal
बिहीबार, आश्विन ९, २०८२

जेनजी आन्दोलनमा चर्चित जुत्ता : दैलेखका प्रकाश बोहराको भएको खुलासा

जेनजी आन्दोलनमा चर्चित जुत्ता : दैलेखका प्रकाश बोहराको भएको खुलासा

रुसी सेनामा भर्ती भएर कमाएको पैसाले खरिद गरेको जुत्ता, आन्दोलनकै दिन गोली लागेर १७ दिनदेखि ट्रमा सेन्टरमा उपचाररत

काठमाडौं ।
जेनजी आन्दोलनका क्रममा चर्चित बनेको जुत्ताको पहिचान खुलेको छ। ती जुत्ता दैलेख घर भएका २८ वर्षीय प्रकाश बोहराको भएको पुष्टि भएको छ। उनले यो जुत्ता रुसी सेनामा भर्ती भएर कमाएको पैसाबाट खरिद गरेका थिए। आन्दोलनकै दिन प्रहरीको गोली लागेर घाइते भएका प्रकाश हाल  ट्रमा सेन्टरमा उपचाररत छन्। चिकित्सकका अनुसार उनको अझै शल्यक्रिया गर्न बाँकी छ।


विदेशदेखि आन्दोलनसम्मको यात्रा

दैलेखको सामान्य परिवारमा जन्मिएका प्रकाश  रोजगारीको खोजीमा पुगेको ,रुसमा उनले सेनामा भर्ती भएर कमाएको पैसाबाट जुत्ता किनेका थिए।त्यही जुत्ता आन्दोलनमा प्रतीक बनेर चर्चा चुलियो।
गोलीले थमाइदिएको पाइला
आन्दोलनमा सहभागी भइरहेका बेला प्रहरीले गोली चलाउँदा प्रकाशको खुट्टामा लाग्यो। उनी ढलेपछि जुत्तासहितको फोटो सामाजिक सञ्जालमा फैलियो र आन्दोलनको ‘प्रतीक’ बन्यो।हालसम्म १७ दिनदेखि उनी ट्रमा सेन्टरमा उपचाररत छन्।

“देश बने हुन्थ्यो”
अस्पतालको शय्यामा पल्टिरहेका प्रकाश भन्छन्—“मलाई देशको साह्रै चिन्ता लाग्छ।आफू जस्तोसुकै भए पनि देश बने हुन्थ्यो।”उनको भनाइले व्यक्तिगत पीडाभन्दा देशप्रतिको चिन्ता र युवाको आकांक्षा प्रस्ट देखाउँछ।




 

 

 


 

आफ्नो प्रतिक्रिया दिनुहोस्

0.0%
0.0%
100.0%
0.0%
0.0%

प्रतिक्रिया