Siddha Khabar Logo
श्री कृष्ण रिजाल
श्री कृष्ण रिजाल
बुधबार, आश्विन ८, २०८२

नीलकण्ठ -१३ सेउली , धादिङमा दशैं–तिहारको अवसरमा वडा स्तरिय फुटबल प्रतियोगिता हुने

नीलकण्ठ -१३ सेउली , धादिङमा दशैं–तिहारको अवसरमा वडा स्तरिय फुटबल प्रतियोगिता हुने

धादिङ – नीलकण्ठ नगरपालिका–१३, सेउली धादिङमा दशैं तथा शुभ दिपावली २०८२ को अवसरमा तेस्रो संस्करणको वडा स्तरिय फुटबल प्रतियोगिता हुने भएको छ।
यस प्रतियोगिताको आयोजना योङ स्टार क्लबले गर्ने भएको हो 

कार्यक्रम आगामी २०८२ असोज १३ गतेदेखि १५ गतेसम्म योङ्ग स्टार क्लब नेपाल र ताइवान खेल मैदान (नीलकण्ठ–१३, सेउली , धादिङ) मा सञ्चालन हुनेछ।

आयोजकले दिएको जानकारीअनुसार प्रतियोगितामा सहभागी हुन टिम दर्ता शुल्क रु. २५०० तोकिएको छ।
विजेता टिमलाई रु. २१,१२१ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेताले रु. ११,१११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ्न ।

 आयोजक योङ्ग क्लब नेपाल का अनुसार प्रतियोगिताले खेलकुदमार्फत स्वास्थ्य, भाइचाराको सम्बन्ध र सामाजिक एकता मजबुत बनाउन सहयोग पुर्‍याउनेछ।

प्रतियोगिता सम्बन्धी थप जानकारीका लागि सम्पर्क नम्बर:   ९८६१२९७०३१, ९८४३७०७२६० मा गर्न सकिनेछ।

आफ्नो प्रतिक्रिया दिनुहोस्

66.7%
0.0%
33.3%
0.0%
0.0%

प्रतिक्रिया