शिक्षामन्त्री पुनको निर्णय : मन्त्रालयमै खाने–बस्ने व्यवस्था !!!

काठमाडौं । शिक्षामन्त्री शिशिरखण्ड पुनले मन्त्रालयमै खाने–बस्ने व्यवस्था मिलाएका छन्। कामको चाप र समयको कमीलाई कारण देखाउँदै उहाँले दिनरात मन्त्रालयमै रहेर शिक्षा सुधारका एजेन्डा अघि बढाउने प्रतिबद्धता जनाउनुभएको हो।
“मन्त्रालयको काम धेरै छ, तर समय कम छ। शिक्षा सुधार नगरेसम्म मुलुकको भविष्य उज्यालो हुँदैन। त्यसैले २४ घण्टा मन्त्रालयमै खट्ने निर्णय गरेको हुँ,” मन्त्री पुनले भनेका छन्।
शिक्षा क्षेत्रमा पाठ्यक्रम सुधार, शिक्षक व्यवस्थापन, पूर्वाधार सुदृढीकरण, डिजिटल प्रविधि विस्तारजस्ता चुनौती रहेका बेला मन्त्रीको यस कदमलाई विशिष्ट मानिएको छ।
तर, विज्ञहरूले प्रणालीगत कमजोरी नहटाएसम्म केवल मन्त्रीको व्यक्तिगत समर्पणले मात्र दीर्घकालीन परिणाम नदिने टिप्पणी गरेका छन्। शिक्षा विज्ञहरूका अनुसार विद्यालयस्तरदेखि विश्वविद्यालयसम्म देखिएका समस्याको समाधानका लागि स्पष्ट योजना, पर्याप्त स्रोत–साधन र सबै तहबीचको प्रभावकारी समन्वय आवश्यक छ।
विद्यार्थी संगठनहरूले मन्त्रीको निर्णयलाई सकारात्मक रूपमा लिएका छन् भने अभिभावकहरूले “समर्पण प्रशंसनीय भए पनि विद्यालयमा गुणस्तरीय शिक्षा सुनिश्चित हुनुपर्ने” अपेक्षा व्यक्त गरेका छन्।
शिक्षामन्त्री पुनको मन्त्रालयमै खाने–बस्ने निर्णयलाई कतिपयले प्रतीकात्मक सन्देशका रूपमा व्याख्या गरेका छन्। तर दीर्घकालीन सुधारका लागि व्यक्तिगत समर्पणसँगै नीतिगत स्पष्टता र संस्थागत प्रतिबद्धता अपरिहार्य रहने विश्लेषण गरिएको छ।