राजनीतिलाई सेवामुखी बनाउन पेशाकर्मीलाई ढोका खोल्नुपर्ने शंकर अधिकारीको धारणा

धादिङ – एकीकृत अखिल नेपाल शिक्षक संगठन बागमती प्रदेश समिति अध्यक्ष शंकर अधिकारीले राजनीतिलाई पेशामुखी नभई सेवामुखी बनाउनुपर्ने धारणा सार्वजनिक गरेका छन्।
उहाँले आफ्नो आधिकारिक फेसबुकमार्फत लेख्दै भनेका छन् –
“राजनीतिलाई पेशामुखी नबनाइ सेवामुखी बनाउने हो भने :
पेशाकर्मिहरुलाई राजनीतिमा आउने ढोका खोल्नुपर्छ । डाक्टर, इन्जिनियर, प्राध्यापक, शिक्षक, वकिल, कर्मचारी, स्वास्थ्यकर्मी ... आदि पेशाकर्मीहरु निश्चित मापदण्ड बनाएर निर्वाचनमा उठ्न, निर्वाचित हुन तोकिएबमोजिम अवधिमा बेतलबी बिदा दिने र पदावधि सकिएपछी पुनः पेशामै फर्किने व्यवस्था गरे राजनीति कमाइखाने पेशा नबनी सेवामुखी बन्न र सक्षम व्यक्तिहरु राजनीतिमा आउने संभावना हुन्छ । अहिले निर्वाचनमा भाग लिन पेशा छोड्नुपर्ने बाध्यता हुँदा कोहि राजनीतिमा लागिहाले अर्को वैकल्पिक पेशा नहुँदा बाध्यतावश राजनीतिलाई पेशा बनाउनुपर्ने अवस्था छ जसले भ्रष्टाचार र आजीवन पद नछोड्ने प्रवृत्ति बन्दै गइरहेको छ । ''
उहाँ नीलकण्ठ नगरपालिका वडा नं -१ स्थित प्रकाश माध्यमिक विद्यालयका प्रधानाध्यापक समेत हुन ।