Siddha Khabar Logo
श्री कृष्ण रिजाल
श्री कृष्ण रिजाल
बुधबार, आश्विन १, २०८२

धादिङ — संविधान दिवसमा एमाले धादिङद्वारा बृहत् र्‍याली र कोणसभा

धादिङ — संविधान दिवसमा एमाले धादिङद्वारा बृहत् र्‍याली र कोणसभा

संविधान दिवस २०८२ को अवसरमा नेकपा एमाले धादिङले असोज ३ गते धादिङबेसीमा बृहत् र्‍याली र कोणसभा आयोजना गर्ने भएको छ।

जेन–जी आन्दोलनपछि देशको राजनीतिक परिदृश्य परिवर्तनशील बनेको अवस्थामा संगठनात्मक एकता र जनआकर्षण पुनःस्थापित गर्ने उद्देश्यले र्‍याली निकाल्न लागिएको एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले जानकारी दिए। उनले भने, “संविधानको सम्मान र लोकतान्त्रिक अभ्यासलाई समर्थन गर्ने सन्देश दिने कार्यक्रम अन्तर्गत पार्टीका सबै तहका अध्यक्ष, प्रमुख, वडाका नेता तथा युवा साथीहरूलाई उपस्थितिका लागि आह्वान गरिएको छ। यसले पार्टीभित्रको मनोबल बढाउँदै एमालेलाई अझै अगाडि बढाउन सहयोग गर्ने विश्वास लिएका छौं।”

संविधान दिवसको अवसरमा संविधान र लोकतन्त्रप्रति एमालेको प्रतिवद्धता सार्वजनिक गरिने एमाले धादिङकी सचिव राधिका सापकोटाले बताइन्। उनका अनुसार, पार्टीले पछिल्लो समय गुट–विभाजन, आलोचनात्मक आवाज र संगठनात्मक कमजोरीको सामना गर्नुपरेको छ भने सरकारविरुद्धका विवादहरूले नेतृत्वलाई चुनौती दिएको अवस्था छ। सापकोटाले भनिन्, “जनताको ध्यान अहिले दलहरूको सिद्धान्त र नेतृत्व क्षमतामा केन्द्रित भएको छ, जसले प्रतिस्पर्धालाई थप कठोर बनाएको छ। यस पृष्ठभूमिमा संविधान दिवसकै अवसरमा एमालेले स्थायित्व र जनताको विश्वास पुनः जित्ने संकल्प व्यक्त गर्नेछ।”

उनले धादिङमा आयोजना हुने र्‍यालीमा सहभागी भई दिन सबैलाई आग्रह गर्दै हालको संवेदनशील राजनीतिमा सकारात्मक र एकताको सन्देश दिने अपेक्षा गरिएको समेत उल्लेख गरिन्। “देशको विषम परिस्थितिमा एकताको बलले एमालेलाई धादिङमा थप उचाइमा पुर्याउने,” उनले जोड दिइन्।

आफ्नो प्रतिक्रिया दिनुहोस्

0.0%
0.0%
0.0%
0.0%
0.0%

प्रतिक्रिया