Siddha Khabar Logo
सिद्ध खबर
सिद्ध खबर
बुधबार, आश्विन १, २०८२

धादिङमा नेपाली कांग्रेसद्वारा संविधान दिवस कार्यक्रम मनाइने

धादिङमा नेपाली कांग्रेसद्वारा संविधान दिवस कार्यक्रम मनाइने

धादिङ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति धादिङले संविधान दिवस २०८२ को अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।

आयोजक समितिका अनुसार संविधानको रक्षा र कार्यान्वयनलाई केन्द्रविन्दु बनाइने कार्यक्रममा धादिङ जिल्लाका नेपाली कांग्रेसका केन्द्र तथा प्रदेश सदस्यहरू, प्रदेश सभा सदस्यहरू, महासमिति सदस्यहरू, जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधिहरू, स्थानीय तहका जनप्रतिनिधि, भ्रातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी, क्रियाशील सदस्य, बुद्धिजीवी, व्यवसायी, सञ्चारकर्मी तथा शुभेच्छुकहरूलाई उपस्थित हुन आमन्त्रण गरिएको छ ।

कार्यक्रम आगामी असोज ३ गते (शुक्रबार) दिउँसो ११:३० बजे धादिङबेसीस्थित बीपी स्मृति भवनमा हुने नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीले जानकारी दिएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस्

0.0%
0.0%
0.0%
0.0%
0.0%

प्रतिक्रिया