Siddha Khabar Logo
सिद्ध खबर
सिद्ध खबर
बुधबार, आश्विन १, २०८२

माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेल जनसंपर्क र बैठकहरुमा व्यस्त

माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेल जनसंपर्क र बैठकहरुमा व्यस्त

धादिङ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं बागमती प्रदेशका पुर्व मुख्यमन्त्री माननीयशालिकराम जमकट्टेल जनता नेता कार्यकर्ता एवं बैठकहरुमा व्यस्त भएका छन् l  धादिङ जिल्ला प्रतिनिधि सभा–१ को प्रदेश (क) स्तरीय बैठक सोमबार जम्कट्टेलको  प्रमुख आतित्यथामा सम्पन्न भएको छ l

बैठकलाई सम्बोधन गर्दै नेता जम्कट्टेलले जेन्जी आन्दोलनबाट बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई चुनाव सम्पन्न गराउन नेकपा (माओवादी केन्द्र) ले पूर्ण सहयोग गर्ने स्पष्ट गरे । उनले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनलाई सफल पार्न पार्टी कार्यकर्ताहरूलाई चुनावमुखी भएर गाउँगाउँमा पुग्न आग्रह गरे ।

उनले पछिल्लो आन्दोलनलाई एमाले र कांग्रेसको “भ्रष्टचारी संरक्षण अभियानको उपज” भन्दै कडा आलोचना गरे । जेन्जी आन्दोलनका मागलाई सकारात्मक भन्दै उनले माओवादी केन्द्रले त्यससँग ऐक्यबद्धता जनाएको स्मरण गराए। तर आन्दोलनमा घुसपैठ हुनु र भौतिक संरचना ध्वस्त हुनु दुखद पक्ष भएको उल्लेख गर्दै अब पार्टी चुनाव केन्द्रित बन्नुको विकल्प नरहेको औंल्याए।

बैठक अघि सोमबार बिहान जम्कट्टेलले धुनिवेसीमा स्थानीयहरूसँग भेटघाट गरेका थिए। त्यही क्रममा धुनिवेसी निवासी गोकुल लामा ज्युकी धर्मपत्नी स्व. दिलकुमारी हेन्जनको असामयिक निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेका थिए।

बैठकपश्चात बेलुकी उनले थाक्रे गाउँपालिका–२ का दिवंगत माओवादी केन्द्रका संगठित सदस्य कमरेड विष्णुप्रसाद रिजालको परिवारमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए। ४९ वर्षको उमेरमा गत २०८१ भदौ २५ गते निधन भएको  रिजालप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका थिए।

जम्कट्टेल पछिल्ला दिनमा निरन्तर जनसंपर्क, पार्टी सुदृढीकरण र जनतासँगको सम्पर्कमा सक्रिय रहेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस्

66.7%
0.0%
33.3%
0.0%
0.0%

प्रतिक्रिया