Siddha Khabar Logo
सिद्ध खबर
सिद्ध खबर
बिहीबार, भाद्र १९, २०८२

संसद्‌मा गएनन् संचार र कृषिमन्त्री, कार्यसूचीबाट हट्यो प्रश्नोत्तर कार्यक्रम

संसद्‌मा गएनन् संचार र कृषिमन्त्री, कार्यसूचीबाट हट्यो प्रश्नोत्तर कार्यक्रम

१९ भदौ, काठमाडौं । दुई वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने प्रतिनिधि सभाको कार्यसूची प्रभावित भएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी नै संसद्‌मा नगएपछि दुई वटा मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटेको हो ।

सभामुख घिमिरेले दुई जना मन्त्री उपस्थित नभएकाले दुई वटा मन्त्रालयसँग सम्बन्धित पश्नोत्तर कार्यक्रम सूचीबाट हटाएको जानकारी सभामै गराएका छन् ।

बाँकी कार्यसूची अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयर ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यक्रम जारी छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस्

0.0%
0.0%
0.0%
0.0%
0.0%

प्रतिक्रिया