Siddha Khabar Logo
सिद्ध खबर
सिद्ध खबर
बिहीबार, भाद्र १९, २०८२

दुग्ध किसानको बाँकी बक्यौता उपलब्ध गराउन सरकारसँग प्रचण्डको माग

दुग्ध किसानको बाँकी बक्यौता उपलब्ध गराउन सरकारसँग प्रचण्डको माग

१७ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुग्ध किसानको बाँकी बक्यौता तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

साथै उनले दुग्ध किसानका मागमा आफ्नो पार्टीका तर्फबाट सधैं ऐक्यबद्धता जनाउने बताए ।

मंगलबार सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रचण्डले भनेका छन्, ‘मेरो नेतृत्वको सरकारले उखु किसानहरूलाई दिने भनेको अनुदान रोक्ने र तोकेको अनुदान पनि घटाउने निर्णय गरेको सरकारले दूध किसानहरूको रकम पनि समयमै भुक्तानी गर्न सकेको छैन ।’

किसानहरू आन्दोलनमा उत्रिनुपर्ने अवस्था सिर्जना हुनुसरकारको असक्षमता र अकर्मण्यताको प्रमाण भएको उनको आरोप छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस्

0.0%
0.0%
0.0%
0.0%
0.0%

प्रतिक्रिया