Siddha Khabar Logo
सिद्ध खबर
सिद्ध खबर
बिहीबार, भाद्र १९, २०८२

एमालेले बोलायो सचिवालय बैठक, ३ प्रतिवेदनमाथि छलफल हुने

एमालेले बोलायो सचिवालय बैठक, ३ प्रतिवेदनमाथि छलफल हुने

१७ भदौ, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । यही भदौ २०–२२ मा हुने विधान अधिवेशनको तयारीका लागि सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार, बैठक भदौ १९ गते दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनउपर छलफल हुनेछ ।

यसअघि बोलाएर स्थगित भएको केन्द्रीय कमिटी बैठक भने अब नराखिने भएको छ ।

‘केन्द्रीय कमिटी बैठक एकपटक बसिसक्यो, अब अर्को बस्ने सम्भावना छैन,’ उनले भने ।

विधान अधिवेशनको अन्य तयारी पनि चाँडै सक्नुपर्ने भएकाले केन्द्रीय कमिटी बैठक बस्न नसकिएको उनको भनाइ छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस्

0.0%
0.0%
0.0%
0.0%
0.0%

प्रतिक्रिया