निजामती विधेयक विधायन समितिबाट पास

१७ भदौ, काठमाडौं । संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट पास भएको छ । बिहान आठ बजेदेखि बसेको विधायन समितिको बैठकमा मस्यौदा पूरै बाचन गरेर विधेयक प्रतिवेदन पास गरिएको हो ।
सो विधेयक असार १४ गते प्रतिनिधि सभा बैठकबाट पास भएर राष्ट्रिय सभामा पठाइएको थियो । राष्ट्रिय सभाले दफावार छलफलका लागि विधायन समितिमा पठाएको थियो ।
समितिले पास गरेको विधेयक आजै बस्ने राष्ट्रिय सभा बैठकबाट पास गरेर प्रतिनिधि सभामा पठाउने तयारी छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्
0.0%
0.0%
100.0%
0.0%
0.0%