न्यु किबो बोर्डिङ स्कुलद्वारा विश्व रेडक्रस दिवसको अवसरमा सरसफाई कार्यक्रम सम्पन्न
धादिङ । पुछार बजार स्थित जिल्लाकै नमुना विद्यालय, न्यु किबो बोर्डिङले विश्व रेडक्रस दिवसको अवसरमा साघुटार क्षेत्र वरिपरि र कृष्ण मन्दिर क्षेत्रमा सरसफाई कार्यक्रम संचालन गरेको छ ! विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक अनुप भट्टका अनुसार युथ सर्कल रेडक्रस, न्यु किबो बोर्डिङ स्कुलको आयोजना र न्यु किबो बोर्डिङ स्कुल, जिल्ला रेडक्रस कार्यलय, धादिङ र साघुटार टोल सुधार समितीको समन्वय र सहयोगमा उक्त कार्यक्रम सम्पन भएको छ । युथ रेडक्रस सर्कल, न्यु किबो बोर्डिङ स्कुलमा आबद्ध करिब ५० जना विद्यार्थीहरु, शिक्षक नायक मनिषा लम्साल, शिक्षक सह- नायक सन्तोष श्रेष्ठ लगायत शिक्षक सदस्यहरु उक्त कार्यक्रममा सहभागी थिए । त्यसै गरि विद्यालयले शुक्रबारलाई विशेष रुपमा "बुक फ्री फ्राइडे" अन्तर्गत प्री- प्राइमरी तह तर्फ रातो रङको थिममा आधारित भएर "Real Objects" हरु नै लेराएर "Red Day Celebration" पनि गरेको छ। त्यसैगरी कक्षा १ देखि १० सम्म "English Handwriting Competition" पनि संचालन गर्दै शुक्रबारलाई विशेष बनाएको कुरा भट्टले बताउनु भयो । विद्यालयका प्रधानाध्यापक, प्रयास रेग्मिले विद्यालयले सैद्धान्तिक पाटोलाई मात्रै प्राथमिकतमा नराखी वर्तमान समयानुसार विद्यार्थीहरुको सर्वाङिण पक्षलाई विकास गराउने उदेश्यले विद्यालयले समयानुसार विभिन्न गतिबिधी संचालन गर्दै आएको कुरा जानकारी दिनुभयो । प्रधानाध्यापक रेग्मिले विद्यार्थीहरुको पनि आगमी कार्यक्रमहरुमा झन सक्रिय रुपमा सहभागी हुदै भविष्यमा एउटा सभ्य,व्यबहारिक,असल र कर्तव्यनिष्ठ नागरिकको पहिचान दिनुहुन पनि प्रेरीत गर्नुभयो ।