श्री कृष्ण रिजाल
श्री कृष्ण रिजाल
शनिबार, चैत्र २८, २०८२

मूल्यवृद्धि नियन्त्रण र ज्याला वृद्धि गर्न ट्रेड युनियन महासंघ अध्यक्ष जगत सिंखडाको सरकारलाई आग्रह

मूल्यवृद्धि नियन्त्रण र ज्याला वृद्धि गर्न ट्रेड युनियन महासंघ अध्यक्ष जगत सिंखडाको सरकारलाई आग्रह

काठमाडौं । पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको निरन्तर मूल्यवृद्धिका कारण श्रमिक वर्गको जीवनयापन अत्यन्त कष्टकर बन्दै गएको भन्दै अखिल नेपाल ट्रेड युनियन महासंघले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
महासंघका अध्यक्ष जगतबहादुर सिम्खडाले जारी गरेको प्रेस विज्ञप्तिमा पेट्रोलियम तथा ग्यासको अस्वाभाविक मूल्यवृद्धिका कारण खाद्यान्न, लत्ताकपडा लगायत अत्यावश्यक वस्तुमा अचाक्ली महँगी बढेको उल्लेख गरिएको छ । न्यून पारिश्रमिक र चर्को महँगीको दोहोरो मारमा श्रमिकहरू परेको महासंघको भनाइ छ ।

दैनिक ज्यालादारी कामदारदेखि उद्योग, यातायात, निर्माण तथा सेवा क्षेत्रमा कार्यरत श्रमिकहरू सबैभन्दा बढी प्रभावित भएको महासंघले जनाएको छ । आम्दानी स्थिर रहँदा दैनिक खर्च निरन्तर बढ्दै जाँदा श्रमिकहरूको जीवनस्तर झन् दयनीय र सङ्कटग्रस्त बन्दै गएको विज्ञप्तिमा उल्लेख छ ।

महासंघले वर्तमान नेपाल सरकार समक्ष तत्काल तीन प्रमुख माग अघि सारेको छ । जसअनुसार पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य नियन्त्रण गरी वैज्ञानिक समायोजन गर्न, न्यूनतम पारिश्रमिक पुनरावलोकन गरी वृद्धि गर्न तथा श्रमिकका लागि प्रभावकारी राहत प्याकेज ल्याउन माग गरिएको छ ।

“श्रमिकको सम्मान नै देशको साँचो सम्मान हो,” भन्दै महासंघले श्रमिकको अधिकार सुनिश्चित गर्नु राज्यको प्राथमिक दायित्व भएको उल्लेख गरेको छ ।

महासंघले आफ्ना मागहरू बेवास्ता गरिए श्रमिक समुदाय अधिकार र जीविकाको रक्षा गर्न कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिएको छ

आफ्नो प्रतिक्रिया दिनुहोस्

100.0%
0.0%
0.0%
0.0%
0.0%

प्रतिक्रिया