श्री कृष्ण रिजाल
श्री कृष्ण रिजाल
शनिबार, चैत्र २८, २०८२

धादिङमा १५औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बैशाख ७ गते देखि ९ गते सम्म हुने

धादिङमा १५औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बैशाख ७ गते देखि ९ गते सम्म हुने

धादिङमा १५औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी बैशाख ७ गतेदेखि सञ्चालन हुने भएको छ।

धादिङबेसीमा बैशाख ७ देखि ९ गतेसम्म हुने प्रतियोगिताको निर्णय जिल्ला समन्वय समितिको सभाहलमा बसेको सल्लाहकार समितिको बैठकले गरेको हो। जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङका अनुसार प्रदेशको निर्देशनअनुसार तोकिएको समयभित्र प्रतियोगिता सम्पन्न गरी छनोट खेलाडीहरूको सूची प्रदेशमा पठाइने तयारी गरिएको छ।

प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भने जेठ १ देखि ३ गतेसम्म सञ्चालन हुने तय भएको छ।

विगत पाँच संस्करणका विजेता:

१४औं: नीलकण्ठ नगरपालिका

१३औं: नीलकण्ठ नगरपालिका

१२औं: नीलकण्ठ नगरपालिका

११औं: धुनिबेसी नगरपालिका

१०औं: बेनीघाट रोराङ गाउँपालिका

गत वर्ष सम्पन्न १४औं संस्करणमा नीलकण्ठ नगरपालिकाले २२ स्वर्ण, ६ रजत र १० कास्य पदकसहित उपाधि जितेको थियो। थाक्रे गाउँपालिका दोस्रो र रुबी भ्याली गाउँपालिका तेस्रो भएका थिए।

यद्यपि, पालिका स्तरीय छनोट सम्पन्न भए पनि बेनीघाट रोराङ गाउँपालिकाले भने जिल्ला स्तरीय प्रतियोगितामा सहभागिता जनाएको थिएन।

आफ्नो प्रतिक्रिया दिनुहोस्

0.0%
0.0%
0.0%
0.0%
0.0%

प्रतिक्रिया