श्री कृष्ण रिजाल
श्री कृष्ण रिजाल
शनिबार, चैत्र २१, २०८२

लायन वर्ष २०२६–२७: लायन्स क्लब अफ काठमाडौँ सुर्यमुखीको अध्यक्षमा लायन राजाराम रिजाल चयन

लायन वर्ष २०२६–२७: लायन्स क्लब अफ काठमाडौँ सुर्यमुखीको अध्यक्षमा लायन राजाराम रिजाल चयन

धादिङ । सामाजिक सेवा, मानविय सहयोग र समुदाय विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएका लायन्स क्लबहरूले हरेक वर्ष नयाँ नेतृत्व चयन गर्दै आफ्नो कार्यदिशा तय गर्ने परम्परा अनुसार यस वर्ष पनि उत्साहपूर्ण वातावरणमा नयाँ कार्यसमिति चयन गरिएको छ।

धादिङ्बेसीस्थित होटेल सारथी मा आज सम्पन्न निर्वाचन कार्यक्रममार्फत लायन्स क्लब अफ काठमाडौँ सुर्यमुखीको लायन वर्ष २०२६–२७ का लागि नयाँ कार्यसमिति चयन गरिएको हो।

कार्यक्रमबाट क्लबको अध्यक्षमा लायन राजाराम चयन हुनुभएको छ। उहाँको नेतृत्वमा रहेको नयाँ कार्यसमितिप्रति उपस्थित सदस्यहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

नयाँ कार्यसमिति यसप्रकार रहेको छ:

प्रथम उपाध्यक्ष: लायन डा. दिनेश रेग्मी

द्वितीय उपाध्यक्ष: लायन तारा रिजाल

सचिव: लायन सुदर्शन गोम्जा

कोषाध्यक्ष: लायन बेदनाथ दनै

क्लब एड्मिनिस्ट्रेटर: लायन मन्दिरा आचार्य

सह-सचिव: लायन डा. रेशम विक्रम सिन्जाली

क्लब डाइरेक्टर: लायन डा. अशोक छत्कुली

सर्भिस चेयर पर्सन: लायन राजेश गुरुङ

मार्केटिङ चेयर पर्सन: लायन हरी बहादुर

सदस्यहरू:
पवित्रा लम्साल, जीत कुमारी गिरी, श्याम अधिकारी, राज कुमार ढुङेल, राम बहादुर श्रेष्ठ, अशोक वि.क., मालती रसाइली

कार्यक्रममा सहभागीहरूले नयाँ नेतृत्वले सामाजिक सेवामुखी कार्यलाई थप सशक्त बनाउँदै संस्थालाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस्

0.0%
0.0%
100.0%
0.0%
0.0%

प्रतिक्रिया