ज्वालामुखी–७ मा SEE विद्यार्थीका लागि नि:शुल्क बस सेवा, विद्यार्थी–अभिभावक हर्षित
धादिङको बागमती प्रदेश अन्तर्गत ज्वालामुखी गाउँपालिका–७ स्थित सालवास मा.वि. र भुवनेश्वरी मा.वि.का SEE परीक्षामा सहभागी विद्यार्थीहरूको यातायात सहजताका लागि स्थानीय सहयोगी व्यक्तित्वहरूले नि:शुल्क बस सेवा सञ्चालन गरेका छन्।

विद्यालयको आर्थिक भार कम गर्ने उद्देश्यका साथ विद्यालयको बैंक खातामार्फत आर्थिक सहयोग प्रदान गर्दै ज्वालामुखी–७ का समाजसेवीहरूले यो पहल गरेका हुन्।
यस महत्त्वपूर्ण कार्यमा सहयोग गर्ने व्यक्तित्वहरूमा:
हरिभक्त मगराती (चैनपुर, हाल साउदी अरेबिया) – नेपाली जनप्रगतिशील मञ्च सचिव
सोमनाथ कँडेल (तल्लो रामपुर, हाल कतार) – नेपाली जनप्रगतिशील मञ्च उपाध्यक्ष
उहाँहरूको सक्रिय सहयोगले विद्यार्थीहरूलाई परीक्षा केन्द्रसम्म सहज रूपमा पुग्न ठूलो राहत पुगेको छ। यस पहलबाट विद्यार्थी, अभिभावक तथा शिक्षकहरू हर्षित भएका छन्।
आफ्नो प्रतिक्रिया दिनुहोस्
0.0%
0.0%
0.0%
0.0%
0.0%