धादिङमा ५ पुलसहित सडक निर्माणका लागि टेन्डर आह्वान
धादिङ । Infrastructure Development Office, Dhading ले जिल्लाका विभिन्न स्थानमा सडक तथा पुल निर्माणका लागि टेन्डर आह्वान गरेको छ। राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रियामार्फत ५ वटा पुल निर्माण परियोजनाका लागि बोलपत्र आह्वान गरिएको सूचनामा उल्लेख गरिएको छ।
कार्यालयका अनुसार धादिङबेसी–साङकोश–तिप्लिङ सडकखण्डको जिरो प्वाइन्ट अन्तर्गत पर्ने पुछार बजारस्थित थोपल खोला पुल समेत यस योजनामा समावेश गरिएको छ, जसले स्थानीय बासिन्दामा आशा जगाएको छ।
🏗️ धादिङका पुल निर्माण योजनाहरू
१. बेलबोटे–लामाचौर मोटरेबल पुल
📍 गजुरी–८, धादिङ
२. कास्ते खोला पुल (त्रिपुरासुन्दरी–२ र ३ जोड्ने)
📍 त्रिपुरासुन्दरी गाउँपालिका, धादिङ
३. बगुवा खोला पुल (गंगाजमुना–४ र ५ जोड्ने)
📍 गंगाजमुना गाउँपालिका, धादिङ
४. धादिङबेसी–साङकोश–तिप्लिङ सडक (थोपल खोला पुल)
📍 नीलकण्ठ नगरपालिका (पुछार बजार क्षेत्र), धादिङ
५. पिप्ले हाडी खोला पुल (ओडारे–ढल्केवर क्षेत्र)
📍 नीलकण्ठ नगरपालिका–७, धादिङ
🛣️ सडक निर्माण / स्तरोन्नति योजना
१. क. ठाटी नेपालटोल ढुङ्गे सडक
ख. नागस्थान अम्बोटे सडक स्तरोन्नति
📍 नीलकण्ठ–१४, धादिङ
🔁 (Re-bid)
.jpg)