धादिङका ८ जना प्रतिनिधिसभामा : को–को बने सांसद ?
धादिङ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट धादिङ जिल्लासँग सम्बन्धित आठ जना सांसद बन्न सफल भएका छन् ।
यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ४ जना, नेकपा (एमाले) बाट २ जना तथा नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट १–१ जना गरी धादिङका आठ जना प्रतिनिधिसभा सदस्य बन्ने भएका हुन् ।
रास्वपाका उपसभापति डोलप्रसाद अर्याल काठमाडौं–९ बाट निर्वाचित भएका छन् । त्यस्तै आशिका तामाङ धादिङ–१ बाट र बोधनारायण श्रेष्ठ धादिङ–२ बाट प्रत्यक्ष निर्वाचन जित्दै प्रतिनिधिसभा सदस्य बनेका हुन् ।
यस्तै रास्वपाकी केन्द्रीय सहकोषाध्यक्ष बसुमाया तामाङ समानुपातिकतर्फबाट सांसद बन्न सफल भएकी बताइएको छ ।
त्यसैगरी नेकपा (एमाले) बाट डा. पुष्प कडेल र गंगादेवी श्रेष्ठ समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य बन्न सफल भएका छन् ।
यस्तै नेपाली कांग्रेसबाट उर्मिला थपलिया समानुपातिकतर्फबाट सांसद बन्ने बताइएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने समानुपातिकतर्फ सांसदका लागि धादिङकी सरस्वती लामालाई निर्वाचन आयोगमा सिफारिस गरेको छ ।
धादिङसँग सम्बन्धित प्रतिनिधिसभा सदस्य (८ जना)
• डोलप्रसाद अर्याल – काठमाडौं–९ (रास्वपा)
• आशिका तामाङ – धादिङ–१ (रास्वपा)
• बोधनारायण श्रेष्ठ – धादिङ–२ (रास्वपा)
• बसुमाया तामाङ – समानुपातिक (रास्वपा)
• डा. पुष्प कडेल – समानुपातिक (एमाले)
• गंगादेवी श्रेष्ठ – समानुपातिक (एमाले)
• उर्मिला थपलिया – समानुपातिक (नेपाली कांग्रेस)
• सरस्वती लामा – समानुपातिक (राप्रपा)
यससँगै धादिङ जिल्लासँग सम्बन्धित आठ जना प्रतिनिधिसभा सदस्य संघीय संसद्मा पुग्ने भएका छन् ।