नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद, को-को परे?
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभाको समानुपातिकतर्फका सांसदहरूको नाम निर्वाचन आयोग मा सिफारिस गरेको छ।
नेकपाले समानुपातिक प्रणालीबाट ९ सिट जितेको छ। सोही अनुसार ५ पुरुष र ४ महिला गरी ९ जनाको नाम आयोगमा पठाइएको पार्टी स्रोतले जनाएको छ।
समानुपातिकतर्फ सिफारिस गरिएका नामहरू
बलावती शर्मा
प्रमेश हमाल
प्रेम बहादुर बयक
भीमकुमारी बुढा
परशुराम तामाङ
जोगकुमार बर्बरिया यादव
गणेश विश्वकर्मा
पार्वती विश्वकर्मा
निराशा चौधरी डगौरा
नेकपाले यसअघि प्रत्यक्षतर्फ ८ सिट जितेको छ।
यससँगै समानुपातिक र प्रत्यक्ष दुवै मिलाएर प्रतिनिधि सभामा नेकपाका कुल १७ सांसद रहने भएका छन्।
आफ्नो प्रतिक्रिया दिनुहोस्
0.0%
0.0%
0.0%
0.0%
0.0%