श्री कृष्ण रिजाल
श्री कृष्ण रिजाल
आइतबार, चैत्र १, २०८२

एमाले समानुपातिकबाट धादिङका डा. पुष्प कडेल र गंगादेवी श्रेष्ठ सांसद

एमाले समानुपातिकबाट धादिङका डा. पुष्प कडेल र गंगादेवी श्रेष्ठ सांसद

धादिङ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सचिवालय बैठकले प्रतिनिधि सभाको समानुपातिकतर्फ पठाइने उम्मेदवारहरूको नाम टुंगो लगाएसँगै धादिङबाट दुई जना सांसद बन्न सफल भएका छन्।

पार्टी अध्यक्ष केपी शर्मा ओली को निवास गुण्डुमा बसेको बैठकले समानुपातिक सूचीबाट पठाइने नाम अन्तिम रूप दिँदा धादिङबाट डा. पुष्प कडेल र गंगादेवी श्रेष्ठ प्रतिनिधि सभा सदस्य बन्न सफल भएका हुन्।

धादिङबाट शिक्षक नेता लक्ष्मण शर्माको नाम पनि एमालेको बन्दसूचीमा रहे पनि यसपटक भने समानुपातिक सांसद बन्न सकेनन्।

प्रतिनिधि सभाको समानुपातिकतर्फ एमालेले १६ सिट प्राप्त गरेको छ। सोही सिट संख्याअनुसार पार्टीले नाम टुंगो लगाएर निर्वाचन आयोगमा पठाउने तयारी गरेको जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस्

0.0%
0.0%
0.0%
0.0%
0.0%

प्रतिक्रिया