श्री कृष्ण रिजाल
श्री कृष्ण रिजाल
बिहीबार, फाल्गुण २८, २०८२

रास्वपाबाट बसुमाया तामाङ संघीय सांसद बन्ने लगभग निश्चित

रास्वपाबाट बसुमाया तामाङ संघीय सांसद बन्ने लगभग निश्चित

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट धादिङकी बसुमाया तामाङ समानुपातिक प्रणालीमार्फत संघीय सांसद बन्ने लगभग निश्चित भएको बताइएको छ।

रास्वपाका एक नेताले सिद्ध खबरलाई दिएको जानकारीअनुसार आगामी प्रतिनिधि सभा गठनमा समानुपातिकतर्फबाट बसुमाया तामाङ सांसद बन्ने सम्भावना बलियो देखिएको छ।

बसुमाया तामाङले २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा धादिङ क्षेत्र नम्बर–२ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिएकी थिइन्। उक्त निर्वाचनमा उनी पराजित भए पनि २०८२ को निर्वाचनपछि समानुपातिक प्रणालीबाट सांसद बन्ने लगभग निश्चित भएको ती नेताले बताएका छन्।

संघीय संसदमा राजनीतिक दलहरूले कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने बाध्यकारी कानुनी व्यवस्था रहेको छ। सोही व्यवस्थाअनुसार रास्वपाले पनि ठूलो संख्यामा महिला सांसद समावेश गर्नुपर्ने हुन्छ।

रास्वपाले प्रत्यक्षतर्फ १२५ सिट जितेको छ भने समानुपातिकतर्फ प्राप्त मतका आधारमा थप ५७ सिट प्राप्त गरेको छ। प्राप्त सिटमा महिला प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने भएकाले पार्टीकी केन्द्रीय सहकोषाध्यक्षसमेत रहेकी बसुमाया तामाङ सांसद बन्ने लगभग निश्चित रहेको स्रोतले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस्

0.0%
0.0%
0.0%
0.0%
0.0%

प्रतिक्रिया